बागलुङ २०७६ जेठ ८ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी एवं कर्मचारीहरुको टोलीले हालैमात्र गरेको छिमेकी मुलुक भारतको सिक्किम राज्यको भ्रमण चर्चामा छ । भ्रमणमा संलग्न संस्थाका पदाधिकारी एवं कर्मचारीहरुले भारतीय राज्य सिक्किम भ्रमणका अवसरमा खिचिएको तस्वीरहरु आआफ्ना फेसबुक वालमा अपडेट गरेपछी यसले चर्चा पाएको हो ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बर्तमान समितिले वार्षिकरुपमा संस्थाको अधिवेशन गर्नु पर्नेमा निर्वाचित भएको तीन वर्ष सम्म अधिवेशन नगरेको भनि व्यापक विरोध भएपछी २०७५ चैत २३ गते अधिवेशन गरे पश्चात संस्थाका पदाधिकारी एवं कर्मचारीहरुको टोली भारतको सिक्किम राज्यको भ्रमणमा निस्केको श्रोतको दाबी छ । तीन वर्षमा अधिवेशन गरियो भन्ने खुशियाली (हनिमुन) मनाउन हो या भारतको सिक्किम राज्यको दृश्यावलोकन गर्ने मनसुवाले हो, त्यस सम्वन्धमा टोलीले कुनै प्रतिकृया जनाएको वा दिएको छैन ।
तर,
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खर्चमा संस्थाको जम्बो टोलीले भारतको सिक्किम राज्यको भ्रमण गरेको रहस्य सार्वजनिक भएपछी यो भ्रमण सर्वाधिक चासोको विषय बनेको छ । बागलुङ नगरवासीको खानेपानीसंग भारतको सिक्किम राज्यको के तादात्म्यता ? भन्ने प्रश्न उठाउदै उपभोक्ताहरु संस्थाका पदाधिकारी एवं कर्मचारीहरुको सिक्किम भ्रमण औचित्यहीन रहेको भन्दै यसलाई भ्रष्टाचारको जल्दोबल्दो उदाहरणको रुपमा प्रस्तुत गरिहेका छन् र भनिरहेका छन, ‘यो त मामाको धन फुपूको श्राद्ध भएन र ?’
भ्रमण टोलीका सदस्यहरुले सामाजिक सन्जालमा पोष्ट गरेका सिक्किम भ्रमणका तस्वीरहरुलाई लिएर केहि मित्रहरुले गरेका टिप्पणीहरु देख्नु भएकै होला, केहि जवाफ छ यहाँहरु संग ?
उपभोक्ताहरुबाट उठाएको खानेपानी महसूलको दुरुपयोग गरी सिक्किमको सयर गरेर मोज गर्ने महानुभावहरुलाई अलिकतीपनि लाज छ भने भन्न सक्नु पर्छ, ‘बागलुङ नगर खानेपानीको हैन, हामी हाम्रै खर्चले सिक्किमको भ्रमण गरेका हौँ ।’ नगरवासीको एउटै अवाज छ, ‘ईज्जतका खातिरपनि नगर खानेपानीबाट बुझि लगेको भ्रमण भत्ताको रकम फर्काउनु होस् ।
अरुलाई उपदेश दिँदै विज्ञप्ती निकालेर भ्रष्टाचार लुकाउन सकिन्छ ? चोरले मैले चारेको हो भनेर भन्छ ? ढीलो चाँडो बास्तविकता त बाहिर आईहाल्छ नि । बागलुङ नगरखानेपानीको लाखौँ बजेट सकेर भारतको सिक्किम राज्य घुम्नुको औचित्य पुष्टि गर्नुपर्छ, होईन भने रकम फर्काउनु पर्छ, उपभोक्ताहरुले उठाएको जायज कुराहरुमा मनन गर्नु समय सापेक्ष हुनेछ ।
गत आवहरुमा रु ७ लाख ५९ हजार ७ सय ८३ रुपयाँ भ्रमण शिर्षकमा सकिएको छ, चालु आवको लागी भ्रमण खर्चको शिर्षकमा रु १० लाख विनियोजन गरिएको छ, अब कुन छिमेकी वा समुद्रपारीको मुलुकको निजी भ्रपणगर्ने विचार छ ……..?