थम्मन थापा, बागलुङ २०७६ जेठ ८ । नेपाल टेलिकम बागलुङले आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । ग्रामिण तथा विकट क्षेत्रका बासिन्दालाई सञ्चारमा सहज पहुॅच पुर्याउनको निमित्त मोवाईल सेवा विस्तारलाई अगाडि बढाएको टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । बागलुङको निसीखोला गाउॅपालिका, रुकुमको भुमे गाउॅपालिका र रोल्पाको सुनछहारी गाउपालिकालाई लक्षित गरि सेवा विस्तार गर्न लागिएको शर्माले ईबागलुङलाई जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड र पुर्वी रुकुम खण्डलाई समेत लक्षित गरि सेवा विस्तार गर्ने उद्येश्यले निसीखोला गाउॅपालिका वडा नं ६ तिलाचन धुरीमा जिएसएम मोवाईल टावर निर्माण गर्न सर्भे गरिएको छ । नेपाल टेलिकम बागलुङको प्राविधिक टिम र निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्षहरु, स्थानिय समाजसेवीहरुको उपस्थितीमा सर्भे कार्य सम्पन्न भएको हो ।
मध्यपहाडी लोकमार्गबाट झण्डै ४५ मिनेटको पैदल यात्रामा पुगिने तिलाचन धुरीमा नेपाल टेलिकमको टावर निर्माण भएपछि बागलुङको कोस्का, भल्कोट, खाली खोला, रिगा ताल, पुर्वी रुकुमको रिकिम, काॅक्री, लुकुम र रोल्पाको तिलाचन ताल, फुलिबन, पोबाङ, सिउरी, भङरङ सॅगै मध्य पहाडी लोकमार्गमा आवतजावत गर्ने यात्रीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम बागलुङले जनाएको छ ।
टेलिकमले टुजी, थ्रिजी सॅगै निकट भविष्यमा फोरजी समेत विस्तार गर्ने लक्ष्य अनुरुप काम अगाडी बढाएको छ । समुद्री सतह देखी देखि ३ हजार ४ सय ७८ मिटरको उचाईमा अवस्थित तिलाचन धुरीबाट २५ मिटर अग्लो नमस्ते मोवाईलको टावर निर्माण गरिने टेलिकमले जनाएको छ । मध्य पहाडी लोकमार्गको पश्चिम खण्ड र पुर्वी रुकुम खण्ड स्तरोन्नति सॅगै कालोपत्रे भएपछि अहिले सवारी आवागमनमा वृद्वि भएपछि टेलिकमले सर्वसुलभ सेवा प्रवाह गर्न उक्त सर्भे कार्य सम्पन्न गरेको हो ।
नेपाल टेलिकम बागलुङका प्रमुख ईन्जिनियर शर्माले निसीखोला क्षेत्रमा टेलिकम टावर निर्माणका लागि विस्तृत योजना बनाई केन्द्रमा पठाई सकिएको जानकारी दिँदै माथीबाट स्वीकृत भएलगत्तै निर्माण कार्य प्रारम्भ गरिने पनि बताए ।
केहि दिन पहिले निसीखोला पुगेका प्रमुख शर्मा अध्ययन पश्चात सोमबार बागलुङ फर्किएका हुन् ।
निसीखोला गाउपालिकाको भौतिक पुर्वाधार व्यवस्थापनमा उक्त कार्य अगाडी बढाईएको गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । हामीले पर्यटन प्रवद्वनमा समेत विकासका पुर्वाधार तय गर्दै छौं सञ्चारले त्यसमा थप टेवा पुराउने अपेक्षा गरेका छौं अध्यक्ष पौडेलले भने। पौडेलका अनुसार उक्त क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्रको रुपमा विकसित भईरहेकोले त्यसको लागि निसीखोला गाउॅपालिकाले आवश्य प्रकृया अगाडी बढाईरहेको छ ।