छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ ८ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारले जनतालाई भ्रमको खेती छरेर सत्ताको धज्जी उडाएको आरोप लगाएका छन् ।
बुधबार बागलुङको तमानखोलामा नेपाल भुपु सैैनिक संघको ११ औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता थापाले दुइ तिहाइ बहुमतको कम्युनिष्ट सरकारले जनताको आधारभुत आवश्यकता भन्दा माथीका लक्ष्य सुनाउने तर व्यवहारमा कुनै पनी प्रभावकारी काम गर्न नसकिरहेको आरोप लगाए ।
भष्टाचार पनी गर्दिन गर्न पनी दिन्न भन्दै दिनहुँ भाषण गर्ने प्रधानमन्त्रीले आफना नेता कार्यकर्ताबाट दिनहुँ जसो हुने भ्रष्टाचारका काण्डलाई भित्रै लुकाउने प्रयास गरिरहेको बताउँदै कमाउनिष्टको धन्दामा सरकार तल्लिन भएको बताए ।
दुई तिहाइको दम्भमा रहेको सरकारले मुल्यबृद्धि, भ्रष्टाचार, लोकतन्त्र माथीको नियमन, लगाएत दर्जनौँ नकारात्मक काण्डबाट अगाडी बढिरहेको बताउँदै वर्तमान सरकार जनताको आवश्यकता अनुसार काम गर्न सक्ने अवस्थामा नरहेको ठोकुवा गरे । उनले सरकारको गतिविधी यस्तै रहे नेपाली काँग्रेस पार्टी कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
लोकतन्त्रको रक्षा र सँविधान निर्माणदेखि तिनवटै तहको निर्वाचन सफल पार्नुमा नेपाली काँग्रेसको महत्वपुर्ण भुमिका रहेको बताउँदै जनताको हक, अधिकार र समृद्धिका निम्ती नेपाली काँग्रेस पार्टीको विकल्प नरहेको उनको भनाई थियो ।
कार्यक्रमका अवसरमा नेपाल भुपु सैनिक सँघ केन्द्रिय अध्यक्ष धनबहादुर मास्की रानामगर, नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्रबहादुर थापा, नेपाल भुपु सैनिक सँघ केन्द्रिय महासचिब मेघराज टन्डन, पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, पुर्व साँसद प्रकाश सर्मा पौडेल, पुर्व साँसद नरबहादुर पुन निरज, महासमिती सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.१ सभापती चिरञ्जिवी गौतम, महादिवेशन प्रतिनिधी जित शेरचन, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, नेपाली काँग्रेस तमानखोला पार्टी सहसम्योजक झकबहादुर बुढा, भुपु शैनिक सँघ केन्द्रिय सदस्य मेखबहादुर छन्त्याल, नेपाल महिला सँघ क्षेत्र नं. २ अध्यक्ष लिलमाया पुन, नेविसँघ केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल भुपु शैनिक सँघ महिला विभाग जिल्ला अध्यक्ष खड्क कुमारी खड्का, नेपाल भुपु शैनिक सँघ क्षेत्रीय सम्योजक यमबहादुर क्षेत्री लगाएतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम नेपाल भुपु शैनिक सँघ बागलुङका अध्यक्ष हरीबहादुर भण्डारीको अध्यक्षता, उपसभापती नारायण ध्वज मल्लको स्वागत, केन्द्रिय कोषाध्यक्ष टोपबहादुर मल्ल र जिल्ला सचिव नरबहादुर किसानले सञ्चालन गरेका थिए ।