बागलुङ २०७६ जेठ ९ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्वाचित भएको ३ वर्ष पछी पहिलो पटक २०७५ साल चैत २३ गते अधिवेशन (साधारणसभा) गरेपछी संस्थाभित्र व्यापक आर्थिक अनियमितता हुने गरेको, संस्थालई व्यक्ति विशेषको एकाधिकारवादी संस्थामा रुपान्तरित गरेको, नियम विपरीतका कार्यहरुले निरन्तरता पाईरहेको, संस्थाको नीति नियम र उद्देश्य विपरीतका कार्यहरु भएको, तजबीजी तवरले गैह्रकानूनी कार्यहरु सम्पादन हुँदै आएको, एकमुष्ट भन्नु पर्दा नेपालको प्रचलित कानून भन्दा माथी सर्वाधिकार सम्पन्न संस्था भन्ने गलत मानसिकताबाट कामहरुले प्रश्रय पाईरहेको रहस्य छताछुल्ल भएको देखियो ।
चैत २३ गते भएको अधिवेशन २४४ जना सदस्यहरुमात्र उपस्थित रहेकोले कोरम नपुगेको व्यापक चर्चाकै वीचमा फ्लोरबाट गरिएका निर्णयहरु माईन्यूट (लिपिवद्ध) गर्न बागलुङ उद्योग वाणिज्यस. संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, अधिवक्ता हरि प्रसाद शर्मा, रुद्रबहादुर महत, कुसुम बुढा, उषा पौडेल, लोकेन्द्र केसी र सन्जय श्रेष्ठलाई अधिवेशनले जिम्मा दिने निर्णयका साथै संस्थाको तीन आर्थिक वर्षको लेखापरीक्ष गर्न संस्थाका आजीवन सदस्यहरु अशोक गोविन्द राजभण्डारी, ध्रुवप्रसाद शर्मा र अनन्त खडका सदस्य रहने गरी लेखा समिति गठन गर्ने, संस्थामा एक जना ईन्जिनिएर र एक जना ओभरसियर तत्काल नियुक्ती गर्ने आदि निर्णय गरेको थियो । जबकि अधिवेशनमा उषा पौडेल र कुुसुम बुढा अनुपस्थित रहँदा रहँदै पनि सात सदस्यीय समितिमा राख्ने काम गरिएको थियो ।
अधिवेशन सके लगत्तै संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, उपाध्यक्ष निरज शाक्य, सचिव रामबहादुर केसी, संस्थाका सदस्य सुधिर श्रेष्ठ, विपिन्द्र श्रेष्ठ, संस्थाका प्रवन्धक हिमाल शर्मा लगायतको जम्बो टोली अध्ययन भ्रमणको नाममा भारतको सिक्किम राज्य घुम्न गएर केहि दिन पहिले मात्र बागलुङ फर्किएको थियो ।
चालु आर्थिक वर्षको लागि भ्रमण भत्ता शीर्षकमा रु १० लाख विनियोजन गरिएको छ । यति ठुलो रकम विनियोजन गरिएकोमा अर्को कुनै समुद्रपारीका मुलुकहरुको खानेपानी अध्ययन अवलोकनमा जानका लागी हो कि भन्ने आशंका पनि उव्जिएको छ । बागलुङ नगर खानेपानी संस्थाले मितव्ययितालाई प्राथमिकता दिनु आवश्यक छ । संस्थाको सम्पति यसरी विदेश भ्रमणमा खर्चनु पनि नाजायज काम हो, जस्तो सिक्किम भ्रमणको चौतर्फी टीका टिप्पणी भैरहेको छ ।
यहि २०७६ साल जेठ ७ गते संस्थाका सचिव रामबहादुर केसी र प्रवन्धक हिमाल शर्मा माईन्यूट बुक (निर्णय पुस्तिका) लिएर सदस्य रुद्रबहादुर महतको निवासमा पुगेर अरु ६ जनाले हस्ताक्षर गर्नु भयो तपाईले गर्नु प-यो भनी अनुरोध गर्दा महतले अधिवेशनले गरेको लेखा समितिको गठन, प्रविधिक कर्मचारीको नियुक्तीको विषयमा निर्णय पुस्तिकामा नदेखेपछी हस्ताक्षर गर्न ईन्कार गर्दा हातापाईको अवस्था सिर्जना भएपछी माईन्यूट बुकको पाना च्यातिएको घटना तत्कालै आगो झैँ फैलियो । त्यस लगत्तै रुद्रबहादुर महतसंग माईन्यूट बुकको पन्ना च्यातिएको विषयलाई लिएर जानकारी लिँदा अधिवेशनमा उठेका सवालहरु नसमेटी आफु खुसी माईन्यूट लेखेकोमा विरोध गर्दै त्यसमा हस्ताक्षर नगर्ने बताई रहँदा माईन्यूट बुक तानातान गर्दा माईन्यूट बुकको पानानै च्यातिएको महतले ईबागलुङलाई बताएका थिए।
यसै विषयलाई समेटेर ईबागलुङ अनलाईन पत्रिकाले गत जेठ ७ गते बागलुङ नगर खानेपानीमा ब्रह्मलुट, माईन्यूट बुक च्याताच्यात : खान पल्केकाहरुलाई कसले गर्ने कार्बाही ? शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । समाचार सार्वजनिक भएको केहि घण्टाकै अन्तरालमा बागलु«ङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले एक विज्ञप्ती प्रकाशित गर्दै समाचारमा आरोपित विषयहरुमा मौन रहेर संपादकलाई अर्ति उपदेश दिँदै ‘…सरकारले पत्रकारमाथी लगाउन खोजेको अंकुश बिरुद्ध लड्ने आम पत्रकारिताकालाई यो समाचारले पत्रकारिताको स्वेच्छाचारिता प्रति नै सोच्नु पर्ने र अंकुश लगाउनु पर्ने ठिक हो भन्ने सन्देश नजाओस भन्ने हामी कामना गर्न चाहन्छौँ ‘भन्न समेत बाँकी राखेनन् ।
अध्यक्ष ज्यू तपाईपनि जमानामा खबर कागज साप्ताहिक पत्रिकामा आवद्ध पत्रकार मित्र रहेकाले यो हरफ यहाँको लेखाई हुन सक्दैन भन्ने बुझ्दा बझ्दै पनि विज्ञप्तीमा यहाँको बाहुली दस्तखत हुनाले लिखितमका अगाडी अरु कुरा भन्न मिलेन । यतीमात्र भन्न सकिन्छ दस्तखत गर्दा एक पटक राम्ररी पढीवरी बुझीवरी बाहुली निसाना दिनु राम्रो होला ।
अधिवेशनमा लेखा समिति गठन, प्राविधिक कर्मचारीको नियुक्ति, दरबन्दी भन्दा बढी कर्मचारीको नियुक्ती, एक वर्षमा कतै नभएको १४ महिनाको तलब खुवाएको, बागलुङको नगर खानेपानी योजनाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सदस्यहरु र प्रवन्धक समेतको जम्बो टोली भारतको सिक्किम राज्यको अध्ययन भ्रमणमा जानुको औचित्य पुष्टि नगरी समाचारको सतही खण्डन गरेर आफ्नो कालो कर्तूत, भ्रष्ट प्रबत्ति कति दिन लुकाउन/छिपाउन सकिन्छ ? मान्द्रामा सुकाएको बिस्कुन भूईमा पोखिएको अवस्थामा छ बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वर्तमान अवस्था । कहाँ कसरी सोरेर आम उपभोक्ताहरुलाई चित्त बुझाउन सक्नु हुन्छ अध्यक्ष ज्यू ? संस्थाको आन्द्रा भूँडी त छलाछुल्लै बाहिर आएकै छ नि, आफ्नै आँखाले देखेका, आम नगरबासीले तपाईको झुठो विज्ञप्ती प्रति विश्वास गर्छन भन्ने भ्रममा रहेर पानी मथीको ओभानो हुन खोज्नु भएको हो भने भन्नु केहि छैन । यतिमात्र हो कि, अरुलाई अर्ति उपदेश दिनु पूर्व आफ्नो अनुहार ऐनामा हेर्नु राम्रो होला । ‘आफनो आङको भैँसी नदेख्ने, अरुको आङमा लिखा खोज्ने’ प्रवृत्ती स्वयंका लागी हानीकारक हुन्छ, महोदय ।
अधिवेशनमा कोरम नपुगेको कुरा ध्रुव सत्य हो, अधिवेशनको अध्यक्षता गरिरहदा यहाँलाई जानकारी छ नै । यहाँको आँखामा त्यस बखत पट्टी बाँधिएको अवस्था थियो भने अधिवेशनमा उपस्थित सदस्यहरुलाई सोध्नुस, बास्तविकता स्पष्ट हुनेछ । अधिवेशनमा कुन कुन विषयमा सदस्यहरुले जिज्ञासा राखेका थिए, के के विषय ज्वलन्तरुपमा उठाएका थिए अध्यक्ष जस्तो व्यस्त व्यक्तित्वलाई हेक्का नरहन सक्छ । हामीसंग अधिवेशनमा फ्लोरबाट सदस्यहरुले उठाएका विषयबस्तु र निर्णयका बारेमा जानकारी दिने करीब १४ मिनेट समयावधिको अडियो छ, यहाँलाई कामलाग्न सक्छ कृपया ध्यान दिएर सुन्नुहोला ।
विज्ञप्तीमा अधिवेशनको गणपूरक संख्यालाई लिएर यहाँले ७२० जनाको उपस्थिती रहेको उल्लेख गर्नु भएको रहेछ, घरघरमा गएर हस्ताक्षर गराउने काम जारी रहेको भन्ने त संस्थाका सचिव रामबहादुर केसी र प्रवन्धक हिमाल शर्माले यहि जेठ ७ गते माईन्यूट बुक लगेर रुद्रबहादुर महतको निवासमा पुगेर हस्ताक्षर गर्न दबाब दिँदा आम जनसमुहको सामुन्ने हातापाईको स्थिति सिर्जना भएको मात्र नभएर माईन्यूट बुककै पन्ना च्यातिएको यथार्थ कुरा विर्सनु भयो र, अध्यक्ष ज्यू ?
यो घटना महत, केसी र शर्मा वीच कुनै कोठामा वा कुनै कुनामा घटेको घटना होईन, सार्वजनिक सडकमा भएको घटना हो । घटनालाई देख्ने थुप्रै मानिसहरु सडकमा थिए, उनिहरुकै पहलमा कुनै अप्रिय घटना घट्न पाएन । यस्तो सार्वजनिक सडकमा भएको घटनालाई संस्थाको कार्यालयमा लगेर महत समक्ष माफ माग्ने र हस्ताक्षर गराउने अनि महतको हस्ताक्षर संस्थामा सुरक्षित छ हेर्न आउनुस भनेर निमन्त्रणा गर्ने ? यो त सोह्रै आना झूठ भएन र अध्यक्ष ज्यू !
यहाँले विज्ञप्तीमा उल्लेख गर्नु भएको रहेछ,’माईन्यूट च्यातिएको भन्दै रुद्रबहादुर महतको हवाला दिँदै प्रकाशित समाचारमा रुद्रबहादुर महतले गरेको हस्ताक्षर सहितको निर्णय जुनसुकै समय हेर्नका लागी संस्थामा सुरक्षित छ । हामी विधिको शासन भएको मुलुकमा छौ’लेख्नु भएको रहेछ । हामीले पनि तपाई विधिको शासन भएको मुलुकको एक जिम्मेवार व्यक्ति भएकाले नै विधि विपरीत गएर संस्थालाई ससुरालीको पेवा नठान्न आम नगरवासीको हैसियतले अनुरोध मात्र गरेको हो । गैरकानूनीरुपमा संस्थालाई धराशायी बनाउने व्यक्तिलाई उन्मुक्ति दिईन हुँदैन भन्ने आम जनधारणालाई पस्किएको मात्र हो ।
रुद्रबहादुर महत
जहाँ सम्म माईन्यूट च्यातिएको कुरा छ, महतको हस्ताक्षरको कुरा छ, त्यस्को साक्षी त संस्थाकै सचिव केसी र प्रवन्धक शर्माजी हुनुहुन्छ, घटनाको बास्तविक संज्ञान उहाँहरुबाटै पाउनु भएको होला । सोध्न भ्याउनु भएको छैन भने, तपाईको विज्ञप्ती जारी भए लगत्तै रुद्र बहादुर महतले आफ्नो फेसबुकमा लेखेको स्टाटस पढ्नु भयो भने यहाँकै रोहबरमा च्यातिएको माईन्यूटका पन्ना फोटोकपी पेपर टाँसी टालिएको बास्तविकता स्मरण हुन आउने छ । महतलाई के, के विश्वास दिलाएर आफ्नै अगाडी माईन्यूट बुकमा हस्ताक्षर गर्न लगाउनु भएको थियो त्यस्को पनि हेक्का आउने छ । आफ्नै अगाडी भए गरिएका काम कार्बाहीहरु यसरी मर्लक्कै विर्सने बानीले राम्रो लक्षण देखाउदैन । कुनै लेखन्दासले लेखेको टिपोटमा हस्ताक्षर गर्दै विज्ञप्ती जारी गर्ने प्रबृत्तीले अरुलाई क्षणिक फाईदा पुग्ला आफ्नो हैसियत रहन्न, एक पत्रकार मित्रलाई यो ईतुर्को सुझाव मात्र हो, अन्यथा नलिनु होला ।
जहाँ सम्म महतले माईन्युट बुकको पन्ना च्यातेको प्रकरण छ, महतकै फेसबुक स्टाटसबाट यहाँलाई घटनाको पुन:स्मरण हुने छ,
फाईल तस्वीर : बागलुङ नगर खानेपानीका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, उपाध्यक्ष निरज शाक्य, सदस्य विपिन्द्र श्रेष्ठ, प्रवन्धक हिमाल शर्मा ।