भरतप्रसाद सापकोटा, बिहुँ बागलुङ २०७६ जेठ १० । केहि दिन देखी परिरहेको भीषण बर्षाले नेपाली सेनाले निर्माण गर्न लागेको संरचना रहेको गेग्रेटा र रातो माटो बाढीको रुपमा मानवबस्तीमा पसेपछि स्थानियहरु त्रसित बनेका छन् । बागलुङ जिल्लाको काठेखोला वडा ५ बिहुँ घोडाबाधेस्थित नेपाली सेनाले बन्दोबस्ती र घर निर्माण कार्य तीब्र बनाई रहेको छ। उक्त निर्माण कार्य भईरहेको केहि तल स्थानियबासिहरु रिजालचोक, गणेश चोक, दह फोर्से माटामा रहेका ७० कुरियाले पिउदै गरेको पानीको मुहान भन्दा तल खोला थुनिए पछि ताल बनको छ । हालै भीषण बर्षा हुदा आएको फोहोर पातपतिङ्गर र माथिबाट खसेको माटो मिसिदा कुहिएर पानि प्रदुषित भएको भन्दै तत्कालै त्यो थुनिएको खोला खोलिदिन आग्रह गर्दा पनि चाँसो नदिएको स्थानियहरुले आरोप लगाएका छन् ।
यसै बिषय अर्जुन वाणगण धोडाबाधेका प्रमुख भुवनराज देवकोटालाई जनाताले भोग्नुपरेको समस्या बिषय प्रश्न गर्दा नेपाली सेनाको ब्यारेक बसेर र नेपाली सेनाले निर्माण गरेपनि नागरिकहरुको बस्ती र खानेपानीमा असर गर्ने ढंगले केहि निर्माण नगरेको बताए।
हिजै स्थलगत अध्ययनको पुगेका वडा अध्यक्ष शिव प्रसाद कडेंललाई के नगारिकहरुलाई कुनै समस्या नपरेकै होत ? के नागरिकले सफा पानी पिएका छन् कि प्रदुषित ? भन्ने प्रश्न गर्दा अध्यक्ष कडेंलले नागिरकहरु ठुलो समस्या भोगेका छन्, त्यो प्राकृतिक बिपद मात्र कारणले हैन नेपाली सेनाले भर्खरै निर्माण गरेका संरचना र त्यहाँ रहेको आलो माटो र ढुगाहरु बग्दा नागरिकले सास्ती खेप्नु परेका बताउदै यस्को तत्कालै समस्या समाधानको लागि पहल थाल्ने बताए ।
नागरिकहरु बस्ती पनि जोखिम देखिन्छन् यस्मा तपाई के सोच्नु भएको छ ? भन्ने प्रश्वमा बर्षा सुरु नहुदै नागिरिकलाई परेको बिपदले आफु निक्कै दुखी भएको बताउदै दिर्धकालीन समाधानको लागि गाउँपालिका र जिल्ला विपद व्यवस्थापन संग समन्वय गरेर समाधन खोज्न लाग्ने कडेंलले बताए ।