Sorry, that menu does not exist.
 

परदेशी भूमिमा रहेर पनि समाज सेवामा तन्लिन : गल्कोटे चेली कालिका थापा !

मेघराज रिष्मेली / शिवु थापा, जापान २०७६ जेठ १२ । परदेशको भुमिमा दिन राति समाजकै काममा चिन्तनशील रहने कालिका थापा सामाजिक कामको चासो र चिन्ताले दिनमा आफ्नो काम र रातमा निद्रा नलाग्ने मान्छे पनि हाम्रै समाजमा छन् भन्दा पत्यार नलाग्न सक्छ । किनभने अहिलेको मान्छे चाहेर वा नचाहेरै पनि आफ्नो हित, प्रगति र स्वार्थ पूरा गर्ने दौडमा छ । आफ्नो वा परिवारको हित प्रवद्र्धन गर्न होस् या पैसा कमाउन । मानिसलाई आफ्नै काम फत्ते गर्न भ्याई नभ्याई छ ।

अक्सर यी यस्ता व्यक्तिगत काम र बाध्यता बिच जेलिएका धेरै मान्छे भेटिने नेपाली समाजमा सामाजिक प्रगतिमा अहोरात्र खट्ने मानिस पनि छन् । यस्तै एक पात्र हुन्, गलकोट नगरपालिका वडा ७ हाल जापानमा कर्मथलो बनाएकी हामीहरु बिच परिचित कालिका थापा । जीवनको उर्जाशील सामाजिक सेवामा खर्चेकी थापा नेपालमा रहँदा पनि आफ्नो गाउँको समृद्धि र सामाजिक सेवाको बारेमा चिन्तनशील महिला हुनु ।

गल्कोट नगरपालिका–७ मल्म घर भएकी थापा अहिले जापानको टोक्योमा रहेर बिभिन्न स-संस्थामा सक्रिय भएर सामाजिक कार्य गर्दै आउकी छन । थापाले गाउघरदेखि प्रदेश सम्म सामाजिक रूपमा छुट्टै पहिचाहान पनि छ ।

घरेलु हिंसा महिला हिंसा तथा सामाजिक ज्यादतीको बिराेधमा कडा रुपमा आवाज निकाल्ने थापा प्रगतिशील विचार राख्ने महिला हुन । अहिले थापाको पेशा व्यवसाय भन्नेको नही सामाजिक सेवा भएको छ । उनको मुख्य बिषेशता भनेको अराजकता र ज्यादतीको बिरोध आक्रमण हो तथा आर्थिक पारदर्शिता । छेपारो जसरी रङ फेरी रहने सर्पले जस्तै डस्ने अनि अगाडी ठिक्क पार्दै पछाडी बाट छुरा हान्ने र तेस पछी गोहीले झै आशु झार्ने स्वाथी ब्यक्तिबाट टाढा रहन्छन । निस्वार्थी ब्यक्तिलाई दिल खुलेर सहयोग र सचेत नागरिकले परिवर्तन माथि प्रहार नगरौ गलत प्रबृत्तिको बिरोध गरौ । हाल थापा गल्कोट समाज जापानको उपाध्यक्ष र NRN जापानको कोषध्यक्ष हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply