Sorry, that menu does not exist.
 

गल्कोट महोत्सव-२०७५ सम्पन्न भएको ७ महिना पछी आयव्यय सार्वजनिक गरिदै !

गल्कोट २०७६ जेठ १८ । गल्कोट नगरपालिकाको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा गत २०७५ कात्तिक ९ गते सुरु भै २०७५ कात्तिक १८ सम्पन्न भएको प्रथम गल्कोट महोत्सव २०७५को आय व्यय विवरण ७ महिना पछी यहि जेठ २३ गते सार्वजनिक गरिने उद्योग बाणिज्य संघ गल्कोटले जनाएको छ ।

कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रर्वद्धन भन्ने मुल नारालाई आत्मसाथ गदैं कात्तिक ९ गतेदेखि १८ गतेसम्म सन्चालित महोत्सवमा नेपाली सिने जगतका चर्चित नायक राजेश हमाल लगायत राष्ट्रिय तथा स्थानीय दर्जनौँ लोक गायक गायिकाहरुको सहभागिता रहेको थियो । तर यसै क्षेत्रका चर्चित लोक गायक विष्णु खत्री र अर्का संगीतकार बसन्त थापाले भने महोत्सवमा आफ्नो उपस्थिति देखाएनन् । महोत्सवमा भलिबल लगायत अन्य विविध प्रतियोगिताहरु सम्पन्न भएका थिए ।

स्मरणीय छ, यस अघीपनि २०७६ साल बैशाख ७ गते शनिवार दिनको ११.३० बजे गल्कोट बहुमुखी क्याम्पसबो स्मृति हलमा गल्कोट महोत्सवको आयव्यय सार्वजनिक गरिने सूचना जारी गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply