Sorry, that menu does not exist.
 

स्वास्थ्य चौकीको स्तरोन्नति गर्न जग्गा व्यवस्थापन समिति चयन !

गल्कोट २०७६ जेठ १८ । गल्कोट नगरपालिका ७ मल्ममा स्वास्थ्य चौकी स्तरोन्नती गर्न बैठक सम्पन्न भएको छ । आगाॅखेत स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हालको संरचना नयाॅ मापदण्ड अनुसार पर्याप्त नभएकोले यसको स्तरोन्नति गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । समय सापेक्ष स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने उदेश्यले स्तरोन्नति गर्न लागिएको वडा अध्यक्ष थापाकाे भनाइर् छ ।

बैठकमा स्वास्थ्य संस्थाको जग्गा व्यवस्थापन र स्तरोन्नतिको विषयमा छलफल गरिएको थियो । वडाका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी, बुद्विजिवी, स्थानियबासीको उपस्थिती रहेको बैठकले स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको निमित्त वडा सदस्य पदमा नेपालीको संयोजकत्वमा १५ सदस्यीय स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा बसन्त केसी, रत्न बहादुर मल्ल, बाबुराम केसी, टेकनाथ गौतम, डोल बहादुर केसी, नारायण केसी, भरत केसी, नर बहादुर थापा, रुद्र केसी, छबिलाल दर्जी, राजकुमार दर्जी, कृष्ण बहादुर विक र हुम बहादुर घिमिरे रहेका छन । समितिलाई जेठ २५ गतेसम्म जग्गा व्यवस्थापनको लागि समय निर्धारण गरिएको छ । बैठक मल्म स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गल्कोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply