Sorry, that menu does not exist.
 

अजोड इन्स्योरेन्स लिमिटेडको शाखा कार्यलय कुस्माको औपचारिक उद्घाटन !

निर्मल पौडेल, कुस्मा पर्वत २०७५ जेठ १८। अजोड इन्स्योरेन्स लिमिटेडको कुस्मामा शाखा कार्यलयको उद्घाटन भएको छ । हरेक कदमको सहयात्री अजोड नन्लाईफ इन्स्योरेन्सले विगत केही महिना अगाडी वाट कुस्माको लोकतान्त्रिक चोकवाट आफ्नो सेवा प्रदान गरे पनि शनिवार मात्र कार्यलयको औपचारिक रुपमा उद्घाटन गरेको हो । कार्यलयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा विमा समिती नेपालका अध्यक्ष चिरन्जिवी चापागाई र विमा कम्पनीका सञ्चालक आजाद श्रेष्ठले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै रिवन काटेर गरेका हुन् ।

कार्यलयको उद्घाटन गर्दै प्रमुख अतिथी तथा विमा समिती नेपालका अध्यक्ष चिरञ्जिवी चापागाईले लाईफ इन्स्योरेन्स संगै नन्लाईफ इन्स्योरेन्स पनि उत्तिकै महत्वपुर्ण भएको वताए । चापागाईले पर्वतमा इमान्दार व्यवसायीहरुको ठाँउ भएकोले कम्पनिले पनि इमान्दारिता तथा ढुक्कताका साथ कार्य गर्नु पर्ने सुझाव दिए। त्यस्तै बिगतमा भन्दा नेपालीहरुको जिवन तथा निर्जिवन बिमा क्षेत्रमा धेरै पँहुच बिस्तार भएको पनि बताए । बिमा समितिले दिएका सुझावहरु सरकारले मनन् गर्दै बजेटमा सम्बोधन गरेको भन्दै वोयदरबेस इन्स्योरेस गराउने पनि बताउनु भयो भने वेदरबेस इन्डेक्स इन्स्योरेन्स जुम्लामा जारी भैसकेको पनि बताए ।

यस्तै अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनि २०७५ आषाढ २१ गते बाट औपचारिक सुरु भएको कम्पनिले छोटै अवधीमा देशैभरि शाखाहरु खोलेर सेवा विस्तार गर्न सफल भएको वताए । इन्स्योरेन्समा १०४ जना संस्थापक सेयर धनी रहेको तथा सम्पुर्ण सेयरधनीहरु यस क्षेत्रमा लामो समय देखी काम गर्दे आएका तथा अनुभवि रहेकोले कम्पनीले राम्रो तथा स्तरिय सेवा दिने कुरामा जोड खत्रीले जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथी विमा समितीका प्रमुख कार्यकारी अधिकृत राजु रमण पौडेलले अजोड नन्लाईफ इन्स्योरेन्स दीगो र प्रभावकारी सेवा प्रदान गर्दै अगाडी वढेको वताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अजोड इन्स्योरेन्स लिमिटेड पर्वतका शाखा प्रमुख हरी सुवेदीले कम्पनी औपचारिक रुपमा शुरु नहुँ्दै छोटो अवधिमा धेरै अगाडि वढ्न सफल भएको भन्दै एउटा खुड्किलो पार गरिसकेकोले अव झन् जनताको माया र विश्वास पाएको खण्डमा अझै अगाडी वढ्ने विश्वास व्यक्त गरे । सुवेदीले अजोड इन्स्योरेन्सको उद्देश्य विजनेस लिने मात्र नभई छिटो छरितो संगै चुस्त सेवा दिने र दिईरहेको वताएका थिए ।

कार्यक्रममा कुस्मा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष मिना कर्माचार्य,वार्ड नं ५ का अध्यक्ष सिता शर्मा, वार्ड नम्वर ७ का अध्यक्ष सुवाष पौडेल, पर्वत उद्दोग वाणिज्य संघका खड्का प्रसाद खनालले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा वार्ड नं ६ का अध्यक्ष रुद्र गिरी,कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मी,पशु सेवा कार्यलय पर्वतका प्रमुख रामजी पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी अजोड इन्स्योरेन्स पर्वतका विक्रम ढुङ्गाना, कृष्ण राज पौडेल, जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि,विभिन्न व्यापारी,उद्दोगी, पत्रकार वुद्धिजीवी लगायत १ सय भन्दा वढिको सहभागिता रहेको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य आजाद श्रेष्ठको अध्यक्षता, विमा समिती नेपालका अध्यक्ष चिरञ्जिवी चापागाइको प्रमुख आतिथ्यता, अजोड इन्स्योरेन्स शाखा कार्यलय कुस्माका प्रमुख हरी सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका सहायक महाप्रवन्धक महेश राज खरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply