Sorry, that menu does not exist.
 

राष्ट्रलाई बिखण्डन हुनबाट जोगाउनका लागि धर्म संस्कृतिको रक्षा गर्नु आवश्यक : पूर्व प्रन्या श्रेष्ठ

कोपिला कंडेल, बागलुण्ज्ञठण् २०७६ जेठ १८ । राधाकृष्ण सेवा समिति बागलुङ्गले संचालन गरेको डम्बर संस्कृति राष्ट्रिय पुरस्कारबाट संस्कृतिबिद् एबं शोधकर्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौका उपकुलपति डा. जगमान गुरुङ्गलाई सम्मानित गरिएको छ ।

राधाकृष्ण मन्दिर सेवा समितिका प्रथम अध्यक्ष एबं समाजसेवी स्वर्गिय डम्बरबहादुर श्रेष्ठको स्मृतिमा उहांकी धर्मपत्नि हंसमायां श्रेष्ठ लगायत उहांको परिवारवाट ७ लाख रुपैया र राधाकृष्ण सेवा समिति बागलुङ्गवाट ५ लाख गरी १२ लाख रुपैयांको अक्षयकोष स्थापना गरिएको छ ।

सो कोषबाट पहिलो पुरस्कार धर्म संस्कृति कला र साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै डा. गुरुङ्गलाई सम्मान गरिएको हो । डा.गुरुङलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले नगद ७५ हजार सम्मान पत्र र दोशल्लाले सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै पुर्ब प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रलाई बिखण्डन हुनबाट जोगाउनका लागि धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बताए । जातजाति र भाषाभाषीको बिचको मतभेदले मुलुक खण्डखण्ड हुनसक्ने चर्चा गर्दै पुर्ब प्रधानन्यायाधीश श्रेष्ठले सर्वधर्म र समभावको बिकास हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रलाई मजबुत बनाउनका लागि बिबिधता बिच एकता कायम गर्नुपर्ने धारणा ब्यक्त गरे । सम्मानित ब्यक्तित्व एबं संस्कृितबिद् शोधकर्ता डा. गुरुङ्गले कला साहित्य र धर्मको रक्षाको लागि यस्ता खाले पुरस्कारले महत्वपुर्ण योगदान पु¥याउने बताए । उनले बागलुङ जिल्ला बिभिन्न पर्यटकीय एबं धार्मिक दृष्टिले महत्वपुर्ण रहेको भन्दै प्राकृतिक एबं धार्मिक सम्पदाको बिकासको लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

स्वर्गिय डम्बर श्रेष्ठको परिवारका सदस्य सोनी श्रेष्ठले कोषको संरक्षण गर्नु सबैको दायित्व भएको बताईन । सो अवसरमा पुरस्कृत ब्यक्तित्व डा. जगमान गुरुङ्गका बारेमा साहित्यकार प्रेम छोटाले प्रकाश पा।ेका थिए।

कार्यक्रम राधाकृष्ण सेवा समिति बागलुङका अध्यक्ष राजभण्डारीको अध्यक्षता, समितिका उपाध्यक्ष लालचन्द्र राजभण्डारीको स्वागत र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply