गुमानसिँह भण्डारी, गल्कोट काँडेवास २०७६ जेठ १८ । गल्कोट नगरपालिका काँडेवास स्थित जनजागृति माविमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेल प्रतियोगितामा लघुबित्तका कर्मचारी प्रथम भएका छन् । गल्कोट नगरपालिका र लघुबित्तका कर्मचारीबिच भएको खेलमा १ का बिरूद्ध ३ गोल तथा बैक र लघुबित्त बिचको खेलमा ० का बिरूद्ध १ गोलले लघुबित्त प्रथम भएको हो । त्यस्तै ० का बिरूद्व ३ गोलले बैकलाई पछि पार्दै नगरपालिका दोस्रो भएको बैकका खेलाडी प्रकाश सुवेदीले ईबागलुङलाई बताए । मैत्रीपूर्ण फुटबल खेलमा नगरपालिका कर्मचारी सूर्यनारायण यादवले सर्वाधिक ३ गोल गरेका थिए ।
कर्मचारी मिलन केन्द्र गल्कोटको आयोजनामा संचालन गरिएको मैत्रीपूर्ण फुलफल प्रतियोगिताको अवसरमा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले खेलकुदले आपसी सम्बन्ध नजिक बनाउने विचार व्यक्त गरेका थिए । उनले खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउने भन्दै खेलकुद जीवनमा अपरिहार्य रहने बताए । देशको बिकासमा समेत खेलकुदको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै पौडेलले यसतर्फ सम्बन्धी निकायले बिशेष ध्यान दिनुपर्ने कुरा औँल्याए ।
कार्यत्रmममा जनजागृति माबि काडेबासका प्रध्यानाध्यापक तेजिन्द्र बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रmम गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर बिकको अध्यक्षता, मिलन काउचाको स्वागत मन्तव्य र नगरपालिकाका पशु प्राविधिक चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।