मनु सुनार, गुल्मी २०७६ जेठ २१ । नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान् सरकार सम्पूर्ण रुपले समृद्धिमा समर्पित हुनुपर्ने बताएका छन् । सरकारले अहिले समृद्धिको दस्तावेज बनाउने समय भएको चर्चा गर्दै कांग्रेस नेता शर्माले तर सरकारको कर्म समृद्धि र विकास दुवैतर्फ जिम्मेवारपूर्ण नदेखिएको आरोप लगाए ।
‘राजनीतिको छवि बद्ल्ने प्रतिपक्ष भन्छ, प्रधानमन्त्री अभिव्यक्तिमा अरिङगाल बन भन्नुहुन्छ ।’ प्रवक्ता शर्माले भने ‘नङ्गिभिरङ्गी भनेर अभिव्यक्ति राख्नुहुन्छ बुद्धिजिवीलाई थला पारिदिन्छु भनेर बोल्नुहुन्छ, यस प्रकारको शैलीले राजनीतिको छवि पनि राम्रो बन्दैन ।
सरकारले प्रस्तुत गरेको बजेटप्रति के छ कंग्रेसको धारणा ?
सञ्चारकर्मीसँग कुरा गदै शर्माले वर्तमान् सरकारले प्रस्तुत गरेको बजेटले विकास र समृद्धिका लागि गतिशिलता दिन नसक्ने बताए । प्रवक्ता शर्माले देशको समृद्धिका लागि स्थिर बजेट बनाएर जान सक्ने क्षमता बजेटमा नदेखिएको टिप्पणी गरे ।
प्रवक्ता शर्माले ‘सपना वायुपङ्खी घोडाको, अहिले पारा हेर्दा बयलगाडाको ।’ अहिलेको बजेटले त्यही संकेत गरेको बताउँदै यो बजेटले समृद्धिमा पुग्न नसकिने उनले ठोकुवा गरे ।
अघिल्लो वर्ष सरकारले बोलेका कुरा कति पुरा भए भन्ने प्रश्न गदै शर्माले ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा पाँच लाखलाई दिने भनेको रोजगारी केबल पाँच सयको लिष्ट जारी गर्र्यो सिंहदरबारले भन्ने आरोप पनि लगाए ।
शर्माका अनुसार ‘यस वर्ष ५ अर्ब पुगेको छ,तर अघिल्लो वर्षको पाँचसयलाई दिन नसक्ने रोजगारी अहिले पाँच लाखलाई देलान कसरी भरोसा गर्ने ?’ यो बजेटमा एक चौथाई मात्रै विकासका लागि छुट्टाईएको शर्माको भनाई थियो ।
साथै उहाँले सांसदलाई बजेट छुट्टाउने भन्दा सिङ्गो बजेटको नेता हो भन्ने भावना स्थापित गनुपर्ने बताए । हिजो गाउँपालिका र प्रदेश नभएको सन्र्दभमा त्यो बढाउनु अलग पक्ष भएको भन्दै अहिले विकासको संरचना स्थानीय सरकार, प्रदेश सरकार,केन्द्रिय सरकार भएको बताए ।
भ्रष्टाचारका बिषयमा के छ कांग्रेसको धारणा ?
प्रवक्ता शर्माले संस्थागत भ्रष्टाचार मौलाएर गएको बताए । ‘अहिलेको जस्तो संस्थागत भ्रष्टाचार गर्ने कमालको सरकार निष्किएको छैन ।’ भ्रष्टाचारका बिरुद्ध कांग्रेसले ससंदमा जोडदार आवाज उठाउँदै आएको शर्माको भनााई थियो ।
भ्रष्टाचारका बिषयमा बेलाबेला मिडियामा कंग्रेसकै पनि केही नेताहरुको नाम जोडिएर बाहिर आउछन् नि ? भन्ने पत्रकारको जिज्ञाशामा प्रवक्ता शर्माले यदि त्यसो पाईएको भए सम्बन्धित व्यक्ति जवाफदेही बन्नुपर्ने बताए । तर लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर कांग्रेस नजाने बताउदै जनताले कम्युनिष्ट सरकार कस्तो भनेर नजिकबाट चिन्न पाएको बताए ।
जागरण अभियानबाट पार्टी सुदृढ हुँदै छ ।
नेपाली कंग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानका लागि मङगलबार गुल्मी आएका प्रवक्ता शर्माले अभियानले अझ धेरै तरुणहरुलाई एकताबद्ध गरेको बताए ।
उनले ‘हामी अभियानमै छौँ । कंग्रेस सरकारमा रहँदा गरेका कामहरु जनता माझ पुर्याउँदै छौँ ।’ सररकारले राम्रो काम ल्याउँदै गर्दा सघाउने,गलत काम गदै गर्दा सच्चिनलाई दबाब दिने अहिले प्रतिपक्षको भुमिका रहेको बताए ।
पत्रकार सम्मेलन्मा नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेमश कुवँरको सभापतित्व, कांग्रेस प्रवक्ता शर्माको प्रमुख आतिथ्यता, कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ,सचिव खिलध्वज पन्थी एवं जिल्लाका विभिन्न सञ्चार माध्यममा सक्रिय संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस युनियनका सचिव रमेश विकले गरेका थिए ।