गुमानसिंह भण्डारी, गल्कोट २०७६ जेठ २१ । गल्कोट नगरपालिकाको नगर सभाहल निर्माणको कार्य तीब्र पारिएको छ । गलकोट नगरपालिका २ नरेठाँटीमा निर्माण भईरहेको सभाहलको करिब ७५ प्रतिशत कार्य सम्पन्न भएको वडा अध्यक्ष हिम बहादुर भण्डारिले बताए । नगरगौरवको योजना अन्तर्गत ६५ लाखको लागतमा नगर सभाहल निर्माणलाई तिब्रता दिईएको निर्माण समितिका अध्यक्ष यम श्रीसले जानकारी िदिए ।
५७ फिट लम्बाई र ३० फिट चौडाईमा निर्माण भईरहेको हलको दुई तला रहनेछ । तल्लो तलामा शौचालय सहित ६ कोठा र माथिल्लो तलामा १ सय ५० जना बस्न मिल्ने हल हुने श्रिसको भनाई छ । गत २०७५ सालको माघ १३ गतेदेखि निर्माण सुरू गरिएको हलको निर्माण असार २५ भित्रै सम्पन्न हुने समितिले जनाएको छ । यसको निर्माण संगै नगरस्तरिय छलफल, अन्तरक्रिया, बैठक गर्न सहज हुने वडा अध्यक्ष भण्डारिको भनाई छ । सभाहल निर्माण भएपछि नरेठाटिमा ब्यापार, ब्यवसाय थप फष्टाउने स्थानियले अपेक्षा गरेका छन । गलकोटमा ठुला छलफल, बैठक गर्न समस्या परिरहेका बेला नरेठाँटीमा निर्माण हुने सभाहलले सहजता प्रदान गर्ने बताईएको छ । मध्यपहाडि लोकमार्गको नजिक भएका कारण आवतजावतमा समेत सहजता देखिएको छ ।