Sorry, that menu does not exist.
 

लोपोन्मुख घाटु नाँचलाई जोगाई राख्न युवा पुस्ताले सिको गर्नु जरुरी !

सुरेश घर्बुजा छन्त्याल/कौरव खत्री, गल्कोट २०७६ जेठ २१ । गल्कोट नगरपालिका १० पाण्डवखानीमा सती घाटु नाच निकै प्रचलित रहेको छ । पाण्डवखानीमा बसोवास गर्ने सबै मिलेर सती घाटुको संरक्षण गर्न सबै सक्रिय हुनुपर्ने घाटु गुरुबा तथा जानकार गिरी प्रसाद घर्तीले बताए ।

हरेक वर्षको बैशाख पुर्णिमा देखि सुरु गरि जेठ २० गते सम्म सती घाटु नाचिने गरिन्छ । परम्परागत देखिनै नाचिदै आएको र विभिन्न देवीदेवताहरुको नामलाई लिएर पुजाआरधना गरेर गत सोमवार सेलाइने गरेको घाटु गुरुबाले बताए ।

गल्कोट क्षेत्रकै पुरानो मौलिक संस्कृति सती घाटुको संरक्षण र प्रर्वद्धन गरेर सिको गर्न युवा पुस्ताले चासो दिनु पर्ने घाटु गुरुबा घर्तीले बताए ।
खासगरी श्रीपञ्चमीमा विधिपुर्वक पुजाअर्चना गरि सुरु गरिने घाटु नाच पाण्डवखानीमा मातातीर्थ औंसीदेखि मध्य वैशाखसम्म नाचिन्छ । पुन वैशाख पुर्णिमाको अघिल्लो दिनदेखि मध्य जेठमा घाटु समापन गरिने घाटु संरक्षण समिति पाण्डवखानीका अध्यक्ष गिरीप्रसाद घर्तीले जानकारी दिए ।
साताको तस्वीर : पाण्डवखानीको सती घाटुनाँच !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply