शान्त खत्री मौसम, ताराखोला २०७६ जेठ २२ । युवाहरूलाई विकृति विसंगतिबाट जोगाउ, सभ्य समाज निर्माण गरौं, भन्ने मुख्य अभिप्राय सहित युवा संजाल हिल ताराखोला गाउँपालिका वार्ड नम्बर ३ ले सन्चालन गरेको सामाजिक विकृति विसंगति विरुद्ध एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका प्रमुख प्रकाश घर्तीले समाज परिवर्तन गर्नेको लागी युवामा सकारात्मक सोचको विकास गर्नु पर्ने कुरा जोड दिदै , हरेक क्षेत्रको नेतृत्व युवाले लिदै गर्दा सकारात्मक सोचको जरुर आवश्यक रहेको बताए । कार्यक्रममा वार्ड अध्यक्ष डिल बहादुर बस्नेतले यो कार्यक्रम युवाहरुको लागि अती प्रभावकारी भएको बताएका थिए ।
कार्यक्रममा युवा संजाल हिलका उपाध्यक्ष छम बहादुर खत्रीले युवाको लागि विनियोजित रकम न्युन भएको हुँदा कार्यक्रम सोचे जति प्रभावकारी गर्न नसकेको कुरामा जोड दिदै युवाको लागी गाउँ पालिकाले प्राप्त बजेट विनियोजित गर्न अनुरोध गरेका थिए।
सामाजिक विकृति विसंगतिको विषयमा रहेर राष्ट्रिय समाचार समिति कार्यालय बागलुङका प्रमुख एवम् नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचव राम थापा अविरल , ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख केशव सिह थापा , पत्रकार शान्त खत्री मौसमले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा करिब १२० जना प्रतिक्षार्थीको सहभागीता रहेको थियोे ।
कार्यक्रम गाउँ पालिका प्रमुख प्रकाश घर्तीको प्रमुख आतिथ्यता सविता खत्रीको स्वागत मन्तव्य ,युवा संजाल हिलका अध्यक्ष दुर्गा बहादुर बगाले अध्यक्षता रहेको कार्यक्रम सचिब मन्दिप निउरेको संचालनमा सम्पन्न भएको थियो ।
Type a message…