कविता घर्तीमगर, पोखरा २०७६ जेठ २२ । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’को सम्पुर्ण तयारी पुरा भएको छ ।समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबार अर्थात जेठ २४ गते पोखरामा हुने उक्त अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।
यस वर्षको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिने छ । अवार्ड ८ विधामा प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
यसबर्षको अवार्डमा लाईफटाईम अचिभमेन्ट चत्र बहादुर गुरुङलाई प्रदान गरिने छ भने यस पटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समेत थप गरिएको छ । त्यस अवार्डका लागि एस.एम.एस.को आधारमा खेलाडी छनोट हुने संयोजक तथा मञ्चका महासचिव विजय नेपालले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी र्याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने छ ।
साथै यसपालिको स्पोर्टस अवार्डमा बतास ब्रदर्श प्रालिले मञ्चको तर्फबाट लाग्ने कर छुट गर्ने भएको बतास ब्रदर्शका सेल्स प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । उनले पहिलो सम्झौता ७५ प्रतिशत छुट गरिएको बताए । कार्यक्रम पोखरा सभागृह हलमा दिनको १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्धघाटन गर्नेछन् ।