गल्कोट २०७६ जेठ २२ । वातावरण दिवसको अबसरमा ब्राइट लोट्स एकेडेमी हिलमा बिद्यालय वरपरको बाताबरण सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा बिद्यार्थी र शिक्षकहरु गरि करिब ८०जनाको सहभागीता रहेको थियो । यसरी समुहमा मिलेर एक आपसमा काम गर्दा विद्यार्थीहरुमा साथित्वको भावना बिकास हुने र विद्यालय वरिपरि को वातवरण सफा राख्यो भने हामी विभिन्न रोगहरुबाट बच्न सकिने प्रिन्सिपल मिलन चोखालले भनाई थियो ।
वातावरण दिबसको अबसरमा सम्पुर्ण शिक्षकहरुले सरसफाइ तथा सरसफाइको बारेमा सहजीकरण गरेका थिए ।
शिक्षण सिकाइलाई प्रभावकारी ढंगले उद्देश्यमुलक रुपमा अगाडि बढाउन लागेको समेत चोखालको भनाई थियो । केही दिन देखि बिद्यालयमा डान्स र कराते सन्चालन भइरहेको शिक्षिका सबिता खत्रीले ईबागलुङलाई बताईन् ।