मनु सुनार, गुल्मी २०७६ जेठ २२ । गुल्मीको रेसुङ्गा नगरपालिका –२ मा पर्ने धाँगीथुम भगवती मन्दिरमा जाने बाटो निर्माण कार्य शुरु भएको छ । करिब ६ सय मिटर लम्बाई र ५ फिट चौडाईमा ढुङ्ग ओछाई नेपाली सेना वीरभद्रजङ्ग गुल्मका सकल दर्जाहरुको श्रमदानमा धागीथुम मन्दिर जाने बाटो निर्माण भईरहेको हो ।
वीरभद्रजङ्ग गुल्मका मेजर रविन्द्र महर्जन्का अनुसार धाँगीथुम मन्दिर व्यवथापन समतिको सिमेन्ट र बालुवा सहयोगमा नेपाली सेनाको श्रमदानद्धारा बाटो निर्माणको कार्य भईरहेको हो । मेजर महर्जनले आफ्नो ठाउँको विकासका लागि स्थानीय पनि जागरुक हुनुपर्ने बताउँदै बाटो हातेमालो गर्न आग्रह गरे ।
धाँगीथुम भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापाले २०२६ सालमा देखि सो मन्दिर भएको स्थानमा नेपाली सेनाको ब्यारेक निर्माण भएसँगै नेपाली सेना र स्थानीयहरुको सहभागीतामा पुजा आजा सँगै निर्माणका कामहरु समेत हँुदै आएको बताए ।
यसअघि पनि नेपाली सेनाको सहयोगमा शित्तल पार्टी निर्माण,स–साना मन्दिरहरु निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए । थापाले निर्माण कार्यमा नेपाली सेनाले सहयोग पु¥र्याएकामो धन्यवाद् पनि व्यक्त गरे ।
धाँगीथुम भगवती मन्दिरको महत्व ?
१८ औँ शाताब्दीतिर रातको समया अग्नि ज्वाला आएको, गाउँलेले देखेको र भोलि पल्ट के हो ? भनी हेर्न जाँदा सो स्थानमा नागहरु खेलीरहेको अवस्थामा भेटिएको किवंदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । सोही समयदेखि धागीथुँममा भगवती मन्दिरको स्थापना गरिएको थापाले भनाई छ । धागीथुँम भगवती मन्दिरमा प्रत्येक आईतबार नियमित पुजाँआजा गरिँदै आईएको छ ।