Sorry, that menu does not exist.
 

कुस्मीसेरा वजार अनुगमन : म्याद नाघेका खानेकुरा विक्री गरे कानून बमोजिम कार्बाही गरिने चेतावनी !

सन्ध्या आचार्य, कुस्मीसेरा २०७६ जेठ २३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङव्दारा बुधवार जैमिनी नगरपालिका १ कुस्मीसेरा बजारमा अनुगमन गरिएको छ । वडा स्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन सम्वन्धी दुई दिने तालिमको बुधबार समापन गरी बजारको अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङव्दारा संचालित तालिम मंगलवार र बुधवार संचालन गरिएको थियो । कुस्मीसेरा स्थित होटल तथा रेष्टुरेन्ट संचालक मिठाई तथा खाद्यन्न पसल संचालकहरुलाई दिइएको तालिममा गुणस्तरिय र गुणस्तरहीन सामान, सरसफाई व्यापार व्यवसाय गर्दा उपभोतmाको स्वास्थ्यलाई मध्यनजर गरी व्यवसाय गर्न ,उपभोतmालाई सचेत कसरी गराउने ? जस्ता विषयमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङका प्रमुख केदार पौडेलले गरेका थिए ।

तालिम पश्चात भुपेन्द्र थापाको अध्यक्षतामा एक नम्वर वडामा नौ सदस्यीय वडा स्तरीय खाद्य स्वच्छता समूह पनि गठन गरिएको छ । खाद्यन्न व्यवसायी, स्थानीय जनप्रतिनिधि, चेम्वर अफ कमर्स जैमिनीका अध्यक्ष, प्रहरी, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

पैँतीस घरमा गरिएको अनुगमनको क्रममा अधिकांश खाद्य बस्तुहरुमा म्याद नाघेको, कतिपयमा म्याद उल्लेख नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङका प्रमुख केदार पौडेलले बताए । धेरै जसो चाउचाउ, सुजी , चिजवल , कोक लगायतका बस्तुमा म्याद नभएको भेटिएको र कतिपय होटेलहरु सफा नगरिएको पाइएको पौडेलले बताए । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खानेकुरामा हेलचक्राई गरिएको बताउदै उनले व्यवसायी तथा उपभोतmा सचेत रहन, अखाद्य बस्तु विक्री वितरण नगर्न र किन्नेले पनि हरेक सामानको म्याद हेरेर मात्र किन्न सुझाव दिएका थिए । यो पहिलो पटक मात्र भएकोले सुझाव मात्र दिईएको वताउदै उनले आगामी दिनहरुमा छड्के जाँच गरिने र म्याद नाघेका खानेकुरा विक्री वितरण गरिएको पाईएमा कानून बमोजिम कार्बाही गरिने पनि चेतावनी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply