भरत सापकोटा, बिहुँ (बागलुङ) २०७६ जेठ २३ । नेपाल बिद्युत प्राधिकरण बागलुङले काठेखोला गाउंपालिका वडा ५ गत २र३महिना अघि बिधुत प्राधिकरणले ८५ वटा पोल ठेकेदार मार्फत पठायो र ठेकादारले पनि तत्कालै काम सुरु गरेको देखाउनको लागि ती आएका फलामे पोल र तार सिफ्ट गर्नका लागि कर्मचारी पनि पठायो र २ दिन काम पनि गर्यो । त्यसपछि स्थानियहरुको घरदैलोमा ती पोलहरु पुर्याउनको लागि वडा ५ का बिभिन्न क्षेत्रमा पुर्याउन वडा सदस्यहरुलाई जिम्वेवारी सुम्पिएको र सबै क्षेत्रका जीर्ण अवस्था रहेका काँठेपोलहरु भएको स्थानहरु पोलहरु पठाउने काम गरेको वडा अध्यक्ष शिव प्रसाद कडेलले बताए । गत जेठ २० सोमबार प्राधिकरणले कुनै जानकारी बिना नै काठेखोला ५ दहपानि, कर्लिम लगाएत स्थानहरुमा ट्याक्टर पठाई १४/१५वटा पोलहरु अपहरण शैलीमा उठाएकोमा आफु पनि जनताले चुनेको जनप्रतिनिधि भएकोले संम्बन्धित निकायले नसोधिकन पोल उठाउनु बिधुत प्राधिकरणको गम्भिर त्रुटी र लापरबाही भएको वडा अध्यक्ष शिवप्रसाद कडेंलले बताए ।
गाउँगाउँमा बिधुत प्राधिकरणले ट्याक्टरै पठाएर पोल उठाए पछि त्यस क्षेत्रका स्थानियहरु आक्रोशित भएका छन् ।
त्यस पछि बल्ल वडाका ती क्षेत्रहरुबाट पोलहरु हराएको थाहा पाए पछि बिधुत प्राधिकरणका प्रमुख कपिलराज पाण्डेलाई टेलिफोन गरेर जानकारी लिदा ठेकेदारले त्रुटी गरेको र प्रत्येक वडाहरुमा ४५ वटा का दर ले पोलहरु झार्ने निर्देशन रहेको त्यो गर्नै पर्ने भएकाले पोलहरु फिर्ता गर्नु पर्ने भएको बताए।
उनले वडा अध्यक्ष संगको कुराकानी मा प्रदेश र केन्द्र सरकारले फलामे पोल खरिदको लागि आवश्यक प्रकृया अघि बढेको छ साउन महिनाको पहिलो हप्ता नै वडा नम्बर ५वा आवश्यक पर्ने सबै पोल पठाउने प्रतिबद्धता ब्यक्त गरेको कडेंलले बताए।
वडा न ५ र ६ मा झारिएका पोल कहिले गाड्ने हो भन्ने प्रश्नमा विधुत प्राधिकरणका प्रमुख पाण्डेले तत्कालै ठेकेदार संग सम्पर्क गरि पोल र तार सिफ्ट गर्न निर्देशन दिने जानकारी दिए।