मनु सुनार, गुल्मी २०७६ जेठ २३ । राष्ट्रिय मानव अधिकार आयोग ललितपुरको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा जातिय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले अधिकांश समस्या आर्थिक विपन्नता कै कारण देखिएकाले आर्थिक रुपले उकास्न जरुरी रहेको बताए । कानुनी र संवैधानिक रुपमा जातीय विभेद्को अन्त्य भएपनि न्याय प्राप्तिको प्रक्रियामा कहाँ ? कसरी जानुपर्छ भन्ने बिषयमा नै आयोग केन्द्रित भईरहेको उनको भनाई थियो ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश राम प्रसाद न्यौपानेले वर्तमान समयमा ज्ञान नै शक्ति हा,े अहिलेको समय ज्ञानको प्रतिस्पर्धा गर्ने समय भएकोले अब यस्ता विभेद्मा कोही अल्झिन नहुने र यसको शूरुवात सामाजका अग्रजबाटै गनुपर्ने बताए । उनले यस्तो समस्या भए पनि पीडितहरु न्यायको ढोका सम्म आउन नसकेको बताए । ‘विभेदका समस्या आए कानुनी,संवैधानिक प्रावधानहरु छन् । तर व्यवहारमा कति लागू भएको छ ? भन्ने महत्वपुर्ण हुन्छ ।’ कानुनी अधिकार विभेद हुने समुदायमा पु¥याउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले जातीय विभेद गर्नु हुँदैन भन्ने थाहा सबैमा हुँदा हुँदै पनि व्यवहारिक कार्यान्वयनमा कठिनाई देखिएको बताए ।
पछिल्लो समय दलित समुदायमा पनि विस्तारै जनचेतना, शिक्षाको स्तर वृद्धि हुँदै गएको बताउदै उनले भने तर पनि उनीहरुका लागि सशक्तिकरणका कार्यक्रमहरु आवश्यक रहेकाले प्रत्येक वडा–वडामा पुगेर अन्तक्र्रिया कार्यक्रम मार्फत सशक्त बनाउनु पर्छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले समाजमा रहेका दलितहरुलाई उकास्नका लागि राज्यले उनीहरुमा लगानी गर्नुपर्ने बताए ।
आर्थिक विपन्नताका कारण कतिपय दलितका बालबच्चाहरु शिक्षा लिनबाट बञ्चित भएको बताउदै प्रहरी उपरीक्षक बस्नेतले ‘बिहान साँझ के खाउँ भन्ने समस्याकै कारण दलित अभिावकले बालबच्चाको शिक्षामा ख्याल गर्न नसकिरहेको बताए । उनले स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले उनीहरुको जीवन उकास्नु पर्ने बताए । सधिंयौ देखि पछाडि परेको समुदायको उत्थान नगरेसम्म देशले सफलता प्राप्त गर्न नसक्ने उनको भनाई थियो ।
विश्व हिन्दु महासंघका अध्यक्ष सुरेशचन्द्र भुसालले धर्मभित्र विभेद भयो भन्दै धर्म परिवर्तनको लहर चलेको बताउदै धर्म परिवर्तन गर्ने प्रचलन बढीरहे कतै धार्मिक व्दन्व्दको समय त आउने होइन् ? भन्दै प्रश्न गरे । उनले ‘हिन्दु धर्मले कसैलाई पनि विभेद गर्नुपर्छ भनेर भनेको छैन । केबल अपबाद्मा कसैले गर्र्यो भन्दैमा त्यस्को सबै दोष हिन्दु धर्मलाई दिन मिल्दैन् भन्दै अहिले आर्थिक प्रलोभनमा पारेर विपन्न वर्गलाई धर्म परिवर्तन गराउने कुप्रथा भित्रिएको बताए ।
मानव अधिकारकर्मी गणेश विश्वकर्माले अहिले देखिएको परिवर्तन यत्तिकै नभएको बताउदै जिल्ला देखि काठमाण्डाँै सम्म पनि अझै दलितका बिद्यार्थीहरुले सजिलै कोेठाभाडाँ पाउन नसक्ने अवस्था रहेको बताए ।
दलित अधिकारकर्मी रोम विश्वकर्माले अझै पनि यो वा त्यो बाहनामा विभेद गर्ने गरिएको बताए । नागरीक समाजका संयोजक पदम प्रसाद पाण्डेयले जातीय विभेद दलित–गैरदलित दुवैको साझा समस्या भएकाले दुवै मिलेर यसको समाधान तर्फ लाग्नुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं ५ कार्यालय, बुटवलका निर्देशक सम्झना शर्माको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कल्पना नेपाल,आर्चायले गरेकी थिईन् ।