कोपिला कंडेल, बिहुँ २०७६ जेठ २३ । काठेखोला गाउंपालिका वडा नम्बर ६ ले वडा कार्यालय भवन र सभाहल निर्माण गर्न लागेको छ । स्थानिय हरीश्चन्द्र कंडेलले निशुल्क रुपमा प्रदान गरेको १ रोपनी जग्गा र ६ रोपनी सार्वजनिक जग्गा गरी ७ रोपनी जमिनमा वडा कार्यालय र सभाहल निर्माण गर्न लागेको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।
वडाको गौरबको आयोजना अन्र्तगत करीब ३१ लाख रुपयाको लागतमा भुकम्प प्रतिरोधी सभाहल निर्माणको काम भईरहेको वडा अध्यक्ष कंडेलले बताए । असार मसान्त सम्म सभाहल निर्माण सम्पन्न हुने गरी कामलाई तिब्र गतिमा अगाडी बढाईएको निर्माण समितिका अध्यक्ष टिकाराम कंडेलले बताए । उनंका अनुसार उक्त सभाहल ७५ फुट लम्बाई र २२ फुट चौडाईको निर्माण गरिने छ । सभाहल २ सय ५० जना क्षेमताको रहने निर्माण समितिका अध्यक्ष कंडेलको भनाई छ । वडा कार्यालयको भवनका लागि भने यसबर्ष बजेट नछुट्टाएको वडा अध्यक्ष कंडेलले बताए। आर्थिक बर्ष ०७६,७७ को बजेटमा वडा कार्यालय भवन निर्माण कार्यलाई समेटिने उनंको भनाई रहेको छ ।