छविलाल पाण्डे, बुर्तिवाङ २०७६ जेठ २५ । सुआहारा व्दारा बुर्तिबाङ्गमा तिनदिने तालिम सुरु भएको छ । परिवर्तनका अभियान्ता पुरुष हरुका लागि लैँगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी तालिम सुरु भएको सुआहारा फिल्ड सुपर भाइजर मिना थापामगरले बताईन ।
सुनौलो एक हजार दिनका आमा तथा बच्चाको स्वास्थ्य अवस्थालाई महत्वपुर्ण रुपमा विभिन्न कार्यक्रमका विच अगाडी बढाउँदै आएको सुआहारले पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडीगाड गाउँपालिका गरी २० जना एकहजार दिनभित्रका बच्चाको बाबाका लागि तालिम दिन लागिएको बताइएको छ ।
तालिमबाट महिलामा गर्भअवस्थामा पुरुषहरुले खल्नुपर्ने भुमिका, बच्च्चा जम्सिकेपछी अवस्था र समस्या तथा एक हजार दिनभित्रको अवधीमा बच्चा तथा आमालाई खानपानको अवस्था लगाएतका बिषयमा सहजिकरण गरीने बताइएको छ ।
शुक्रबार देखि सुरु भएको तालिमको ढोरपाटन नगरउपप्रमुख कर्मती पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथी पोखरेलले बोल्दै गर्भवती र सुत्ेकरी महिलाका निम्ती सुनौलो एक हजार दिन बढि महत्वपुर्ण समय भएको बताए । उनले उक्त अवस्थामा परिवारका सबै सदस्यको अहम भुमिका हुनुपर्ने बताउँदै आफना बच्चा र श्रीमतीको रेखदेख तथा खानपिनमा श्रीमानको महत्वपुर्ण भुमिका हुने भएका कारण तालिमलाई व्यवहारीक रुपमा उर्तान सहभागिहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रमका सभापती एवम ढोरपाटन नगरउपप्रमुख कर्मती पुनले बोल्दै केहिसमय अगाडी सम्म बच्चा जन्माउन र हुर्काउन धेरै कठिन परिस्थीती रहेको स्मरण गर्दे पछिल्लो समयमा स्वास्थ्य सुवीधा देखि खानपान लगाएतका क्षेत्रमा एकहजार दिनमा आमा तथा बच्चाका निम्ती सहज हुँदै गएको बताउँदै सुआहारा कार्यक्रमले थप सहजता प्रदान गरीरहेको र हजार दिने आमा तथा वच्चाको स्याहार सुसार र खानपानमा पुरुषको महत्वपुर्ण जिम्मेवारी रहने बताउँदै तालिमबाट सिकेका उपलब्धीलाई आफनो परिवार तथा समाजमा सहि रुपले उर्तान आग्रह गरिन ।
कार्यक्रमकै अवसरमा सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेले बोल्दै सुआहारा कार्यक्रमले बागलुङ जिल्लाको सन्दर्भमा महत्वपुर्ण योगदान पुर्याईरहेको बताउँदै स्वास्थ्य र एकहजार दिनभित्रका आमा तथा बच्चाको खानपान, पारिवारीक सहयोग, स्वास्थ्य उपचार लगाएतका क्षेत्रमा अत्यन्तै सहयोग पुर्याएकोमा प्रशँसा व्यक्त गर्दे परिवर्तनका अभियान्ता पुरुषका लागि समेत लैँगिक समानता मुलक तालिमले थप टेवा पुर्याउने बताए । जेठ २६ गतेसम्म सञ्चालन हुने तालिमको बिषयमा सुआहारा तथ्याँक व्यवस्थापन परियोजना प्रमुख कृष्ण कँडेलले तालिमको विषयमा प्रकाश पारेका थिए ।
तालिममा कँडेल सहित सुआहाराको तर्फदेखि शान्ति थकाली र इन्दिरा खड्काले सहजिकरण गर्नु बताईएको छ । कार्यक्रम सुआहारा ढोरपाटन नगरपालिका फिल्ड सुपरभाइजर मिना थापा मगरले सञ्चालन गरेकी थिईन् ।