हेम विश्वकर्मा, बडीगाड २०७६ जेठ २५ । बडीगाड गाउँपालिकाको वडा नं ३ सिसाखानीमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान बस्ती देखि तल र धेरै टाढा भएपछि उक्त स्थानका स्थानियले सास्ती खेप्नु परेको हो ।
साबिक सिसाखानी गा.बि.स वडा नं ७ र ८ मा पर्ने स्याला, चार कपाले, सत्डाडाँ र तारञ्जा लगाएतका स्थानबाट केही स्थानिय खानेपानीकै अभावका कारण बसाइ समेत सर्न थालेका छन् । स्थानिय रुपमा झन्डै २२ बर्ष पहिले लुथ्रन विश्व सेवाले बस्ति देखि ५ किलोमिटर टाढा सोलीघोप्टेको भीरबाट पानि ल्याइ खुवाए पनि हाल जिआई पाइप भाचिएकाले मर्मत गर्न नसक्दा सो समस्या उत्पन्न भएको स्थानियले बताएका छन् । स्थानीय रमेश विकका अनुसार पानीका्े मुहानमा पुग्न झन्डै ४ घण्टा लाग्छ । दिनभरमा तिन देखि चार गाग्री पानी ल्याउन सकिन्छ, खानकालागी नै नपुग हुन्छ । नुहाउने, कपडा धुने त परै जावस ।
७५ प्रतिशत दलित बस्ती रहेको सो स्थानका स्थानियको आर्थिक अबस्था समेत कम्जोर भएकाले खानेपानी मर्मत गर्न नसकिएको बताइएको छ । सामान्य चोयाँ र चित्रोको काम गरी गुजारा चलाउँदै आएका उनिहरुको पानि बोक्दैमा दिन बित्ने गरेको स्थानीय मनबहादुर बिक बताउछन् ।
अहिले त्यहाँका स्थानियले कुवामा जम्मा भएको पानी प्रयोग गर्दै आइरहेका छन् । कोन्टा पनि त्यति सुरक्षित नभएका कारण छाडा गाई भैसी लगाएतका जनावरले सोही कोन्टा (कुवा)मा पानि खाने गरेका छन् । जसका कारण स्थानियमा बिभिन्न किसिमका रोगहरुले संक्रमण गर्ने गरेको सिसाखानी स्वास्थ चौकीका प्रमुख भक्त बहादुर श्रीसले बताए । फोहोर पानीले गर्दा झाडापखाला, हैजा टाइफाइड जस्ता रोगका बिरामी बस्तिबाट स्वास्थ चौकीमा आउने गरेको श्रीसको भनाई छ ।
कञ्चनापुर आधारभुत बिद्यालय तारञ्जाका प्र.अ पुनराम गिरीले खानेपानी समस्याका कारण बिद्यार्थी बिद्यालय नआउने र भर्ना भएपनि केहि महिनामै छोड्ने गरेको बताए । गिरीका अनुसार कैयौँ बालबालिका समयमै बिद्यालय आउँदैनन् र सरसफाइमा पनि निकै समस्या भएको छ । बिद्यालय्मा पनि खानेपानीको समस्या छ ।
उता सोही वडाका वडा अध्यक्ष खड्क पुनलाई यस बिषयमा जिज्ञासा राख्दा त्यहाँ पानीको ठुलो समस्या रहेकाले गाउँस्तरको योजनाले समस्या समाधान नहुने भन्दै आफुले गाउँपालिका हुँदै, प्रदेश र केन्द्र सरकारसँग माग पत्र बुझाएर ध्यानाकर्षण गराएको ईबागलुङलाई बताए । उनले पानीको गम्भीर समस्यालाई मध्यनजर गरी लिफ्ट सिस्टममार्फत एक वर्ष भित्रमै पानी ल्याउने तयारी गरिरहेको बताउदै त्यसको लागि वडा र आफ्नो तर्फ बाट सक्दो सहयोग हुने पुनको दावी थियो ।