गुमानसिँह भण्डारी गल्कोट २०७६ जेठ २५ । गल्कोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको समापन सत्रमा बोल्दै नगर प्रमुख भरत शर्मा गैरेले शिक्षाले ब्यत्तिmको व्यवहारमा सकरात्मक परिवर्तन ल्याउने बताए । शिक्षाले व्यक्तीमा शिष्टता, ईमान्दारिताको विकास गर्ने भन्दै नगरप्रमुख गैरेले नगरभित्रको शिक्षाको विकासका लागि नया योजना अनुसारको बजेट ल्याउने बताए । गैरेले खेलकुद र शैक्षिक कार्यत्रmमले विद्यार्थी भित्रको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भन्दै यस्ता कार्यत्रmम ब्यवस्थित गर्दै सञ्चालन गर्ने बताए ।
गलकोट क्षेत्रबाट युवा शत्तिm पलायन भईरहेको अवस्थामा शिक्षामा जोड दिन सके मात्रै केहि हदसम्म युवाहरू गल्कोटमै रहन सक्ने उनको भनाई थियो । नगरपालिकाले तत्काल प्रतिफल दिने भन्दा पनि दीर्घकालीन योजनालाई पहिलो प्राथमिकता दिएको गैरेले बताए ।
कार्यत्रmममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने उदेश्यले गल्कोट नगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत छात्र भलिबल प्रतियोगितामा गलकोट नगरपालिका १० पाण्डवखानी प्रथम, सरस्वती मावि वडा नम्बर १ दुदिलाभाटि द्वितिय र एरा मोदरल्याण्ड वडा नम्बर २ नरेठाटी तृतीय भएका छन । छात्रा तर्फ रन्नलक्ष्मी मावि रिघा प्रथम, पाण्डवखानी मावि पाण्डवखानी व्दितिय र गलकोट मावि हटिया तृतीय भएका छन ।
शैक्षिक सामाग्री प्रदर्शनीमा मावि तर्फ गलकोट मावि हटिया प्रथम, जनजागृति मावि काडेबास व्दितीय , गोल्डेन फ्युचर हटिया तृतिय, शिव मावि काडेबास, न्यु लाईफ मावि हरिचौर र महेन्द्र मावि नरेठाटि सान्तव्ना भएका छन । आधारभुत तहको प्रदर्शनीमा मनेवा आधारभुत विद्यालय रिघा प्रथम, सानोरिघा आधारभुत विद्यालय द्वितिय, नवज्योति दुर्गा आधारभुत विद्यालय तृतीय, चमुवा आधारभुत विद्यालय र बालज्योति प्राथमिक विद्यालय सान्तव्ना भएका छन ।
त्यस्तै लोकनृत्य तर्फ गोल्डेन फ्युचर हटिया प्रथम, न्यु लाईफ आवसिय मावि द्वितीय, भैरव मावि बासखोला तृतीय, सरस्वति मावि, बालकल्याण प्राथमिक विद्यालय, शिव सान्तव्ना र उत्कृष्ट नृत्य तर्फ शिव मावि बिजयि बनेको छ । मावि तर्फको चित्रकला प्रतियोगितामा शिव मावि प्रथम, गलकोट मावि द्वितिय, जनजागृति मावि तृतिय र चौराह मावि सान्तव्ना भएका छन । आधारभुत तर्फ दुदिलाभाटी ईङलिस स्कुल प्रथम, जनजागृति मावि द्वितीय, एकता आवसिय मावि तृतीय र गलकोट मावि सान्तव्ना भएका छन ।
सो अवसरमा कार्यत्रमको औचित्यको बिषयमा नगरपालिकाका शिक्षा अधिकृत उपसचिव पदमराज आचार्यले प्रष्ट पारेका थिए ।
कार्यत्रmम गल्कोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता र हरि चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।