Sorry, that menu does not exist.
 

नगरपालिका र राजनीतिकदलका प्रतिनिधी वीच छलफल : दलको सुझाव नगरपालिकालाई अपरिहार्य – गैरे

गल्कोटका स्वास्थ्य संस्थामा बिरामीसंग अनावश्यक किसिमले रकम अशुल्ने गरेकोमा विरोध !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ नेठ २७ । गल्कोट नगरपालिकाले आगामि आर्थिक बर्ष २०७६।०७७ को बार्षिक योजना तथा बजेट तर्जुमाको लागि गलकोटका राजनैतिक दलहरूसङ्ग गरेको सुझाव संकलनमा अधिकांशले उत्पादनमुलक क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गरेका छन । उनिहरुले नगरपालिका भित्रका अधिकांश वडामा मोटरबाटोको सहज पहुच भईसकेकाले अबको बजेट पुर्वाधार भन्दा कृषि, पर्यटन, शिक्षा र खानेपानतीर्फ बिशेष जोड दिनुपर्ने बताए ।

सो अवसरमा गल्कोटको विकासका लागि सम्पुर्ण पार्टी अहोरात्र लागि पर्ने बताउदै नगरपालिकाले पार्टीसङ्ग आगामि दिनमा समेत समन्वय गर्न आग्रह गरेका थिए । छलफलमा सहभागीले गलकोट नगरपालिका पहिलो र बिकासको संरचनाको त्रmममा रहेको भन्दै अब नगरपालिकाको जग्गा ब्यवस्थापन, हटियामा पार्किङ सुविधा, बजार ब्यवस्थापन, पर्यटकीय क्षेत्रको विकास, करको दायरा फराकिलो बनाउन आग्रह गरेका थिए ।

सोहि अवसरमा गल्कोटकका स्वास्थ संस्थामा बिरामीहरूलाई अनावश्यक किसिमले रकम असुल्ने गरेको, बजारमा सामानको मुल्यमा एकरूपता नभएको टिप्पणी गर्दै नगरपालिकामा दमकल, स्काभेटर आवश्यक भएको बताएका थिए ।

छलफलमा नेकपाका नगर अध्यक्ष ललित श्रीस, जिल्ला सदस्य फमलाल न्युरे, नेपाली काग्रेसका जिल्ला सदस्य फम खत्री, महाधिवेशन प्रतिनिधि यम श्रीस, पुर्व श्रेत्रिय सभापति घनश्याम गौतम, राष्ट्रिय जनमोर्चाका टंक केसी, नेकपाका चन्द्रदत्त रेग्मि लगायत बोलेका थिए ।

छलफल पछि नगरप्रमुख भरत शर्मा गैरेले सुझावका आधारमा योजना र बजेटलाई प्राथमिककीरण गरिने बताउदै नगरपालिकाको हरेक गतिबिधिमा राजनैतिक दलहरूको परामर्शलाइ साथमा लिएर अगाडि बढने स्पष्ट पारे । उनले दलको सुझाव नगरपालिकाको विकासका लागि अपरिहार्य हुने बताए ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल र प्रशासकीय अधिकृत तुल बहादुर बिकले सुझाव संकलन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply