Sorry, that menu does not exist.
 

गौदी र चुक्दी खोलाको कटानले विद्युत पोल जोखिममा !

गुमानसिँह भण्डारी गल्कोट २०७६ जेठ ३१ । गल्कोटमा गौदी खोलाले नेपाल विद्युत प्राधिरण केन्द्रिय प्रसारण लाईनको पोललाई जोखिममा पारेको छ । निरन्तरको बर्षातका कारण नरेठाँटी गौदी खोलाको छेउमा गाडिएको पोलको वरपरबाट खोलाले कटान गरेपछि जोखिम बढेर गएको गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारिले बताए । एकातर्फ दुदिलाभाटी बजार हुदै उर्लिएर आउने गौदी र अर्को तर्फ नरेठाटी बजार भएर आउने चुक्दी खोलाले कति बेला पोललाई बगाएर लैजाने हो भन्ने स्थानियमा त्रास भएको भण्डारिको भनाई छ ।

पोलमा क्षति हुदासाथ धनजन संगै गल्कोटमा लामो समय विधुत अवरूद्व हुन सक्ने स्थानियको भनाई छ । गत बैशाख १ र २ गतेको भषीण बर्षातले पोललाई जोखिम बनाएको थियो भने त्यसपछि पनि निरन्तर बर्षात हुने गरेका कारण पोल व्यवस्थापन गर्नुको विकल्प नभएको बताईएको छ । यसलाइ समयमै सम्बन्धीत निकायले ब्यवस्थित गर्न स्थानियले माग गरेको वडा कार्यालयले जनाएको छ । बर्षातले नरेठाटी र दुदिलाभाटीमा मात्रै करोडौको क्षति भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply