Sorry, that menu does not exist.
 

बरेङमा व्यवसायिक मसलाबाली सम्बन्धि तालिम, अलैँची पकेट क्षेत्रको अवलोकन

केशबराज क्षेत्री, बरेङ २०७६ असार ५ । बागलुङको बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धि प्राविधिक तालिम सञ्चालन भैरहेको छ । कृषि सेवा शाखा कार्यालय बरेङको आयोजनामा सोमवारबाट सुरु भएको तालिम बुधवार सम्म सञ्चालन हुने कृषि सेवा शाखा कार्यालयले जानकारी दिएको थियो ।

तालिममा गाउँपालिकाका भित्रका वडा नम्बर १, २ र ३ का २५ जना अगुवा कृषकहरु सहभागी भएका छन् । मसलाजन्य बालीहरु अलैंची, अदुवा तथा बेसारको उत्पादन, स्याहार सुसार, उपचार, भण्डारण लगाएतका विषयमा बताइएको कृषि सेवा शाखा कार्यालय बरेङका कृषि प्राविधिक सहायक चन्द्रकान्त कुमार भुजले बताए ।

भुजले भने, “बरेङ गाउँपालिकामा अलैंची खेती विस्तार भएकाले अलैंची सम्बन्धि तालिम केन्द्रित गरिएको छ ।” तालिमको दोस्रो दिन मङगलबार नमुना अलँची पकेट क्षेत्र बरेङ गाउँपालिका २ ठुलादलेङमा, तालिममा सहभागि कृषकहरु सहित अवलोकन गरी व्यावहारिक सिकाइ गराइएको साथै कृषक हर्षित भएको उल्लेख गरे ।

बरेङ गाउँपालिका हुग्दिशिरमा अवस्थित ‘ठुलादलेङ नमुना अलैँची समुह’ लाई यसअघि नै बरेङ गाउँपालिकाकै अलँैची पकट क्षेत्र घोषण गरिसकिएको कृषि शाखा कार्यालयले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply