खगेन्द्र विश्वकर्मा, ताराखोला २०७६ असार ५ । ताराखोला ४ बतासे डाडाको पानी गुफ्फा स्थानीय शिक्षकले अवलोक गरिएका छन् । ताराखोला गाउँपालिका ४ साँगुबोटबाट २ सय मिटर उत्तर बतासे डाँडामा रहेको धार्मिक रुपमा प्रसिद्ध पानी गुफा नेपाल माध्यमिक विद्यालयका निमावि सामाजिक शिक्षक तथा अन्य शिक्षकले जेष्ठ ३० गते अवलोकन गरेका छन् । गुफामा विभिन्न भगवानको आकृति रहेको चट्टान मुर्ति र एकनासको गोलाई भएको वृक्षका साथै गुफाभित्र प्रवेश गरेपछि २० ईन्चको प्वालबाट गुफाभित्रको पानी ताल देख्न सकिन्छ । उक्त तालको केही भाग पानीमात्र देख्न सकिन्छ । त्यस तालको लम्बाइ चौढाई भने बृहत् रहेको अनुमान गरिएको छ । तर लम्बाई चौढाई अनुमान बाहेक वास्तविकता पत्ता लागउन सकिएको छैन ।
स्थानियको भनाई अनुसार त्यस गुफामा लामा प्रवेश गरि लामो समय अज्ञात भै दैविक शक्ति प्राप्त गरेको भन्ने छ । अहिले पनि त्यहा रहेको गोलो वृत्तको दर्शन र अंकमाल गर्दा शारीरिक सुख लाभ हुने बताउछन् । त्यस गुफा अध्ययन पछि नेपाल माविका सामाजिक शिक्षक कुलबहादुर रोकाले भने यो गुफा अन्य गुफाभन्दा फरक रहेको र गुफामा पानीको ताल भएकोले प्राकृतिक हिसावले निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, यसको विकास र प्रवद्धन गर्नमा स्थानिय र स्थानिय सरकारको महत्त्वपूर्ण भुमिका रहने छ । त्यस्तै भैरहवा घर भै नेपाल माविमा पशु विज्ञान अध्यापन गराईरहेका शिक्षक आभाष श्रेष्ठले पनि गुफा निकै फरक र आश्चर्य जनक रहेको अवलोकन पछि ईबागलुङलाई बताए । आफु नेपालका धेरै गुफाहरुको भ्रमण गरेपनि ताराखोलाको पानी ताल गुफा निकै पृथक रकेको उनको भनाई छ । ताराखोलामा गुफाहरु अन्य स्थानहरुमापनि छन तर सडकको नजिक रहेकोले गुफा अवलोकनमा आन्तरिक तथा बाह्य प्रर्यटकलाई निकै सहज हुने छ ।
ताराखोला-४ बतासे डाँडाको गुफाभित्र रहेको पानीको ताल अवलोकन गर्दा सबै आश्चर्य चकित !
२०७६ असार ५, बिहीबार ०८:५३
Footer Slider, Top News, अन्य समाचार, थप समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०