Sorry, that menu does not exist.
 

आइटिएफ टेक्वान्डो सँघको आयोजनामा बुर्तिबाङमा वेल्टटेस्ट तथा खेलाडी सम्मान कार्यक्रम हुने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असार ६ । बागलुङ जिल्ला आइटिएफ टेक्वान्डो सँघको आयोजनामा भोलि शनिबार बुर्तिबाङमा टेक्वान्डो खेलाडीहरुको वेल्टटेस्ट तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ ।

“खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको प्रतिभा प्रस्फुटन ” गर्ने उदेश्य सहित बागलुङ जिल्लाका विभिन्न ७ दोजाङका गरी करिब ३ सय खेलाडीहरुले कार्यक्रममा सहभागिता जनाउने जिल्ला आइटिएफ टेक्वान्डो सँघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

प्रतियोगितामा कलर वेल्टटेस्टका साथै गत बैसाख ५ देखि १५ गतेसम्म नेपालगञ्जमा भएको ८ औँ राष्ट्रिय खेलबाट विभिन्न पदक हात पारेका बागलुङ जिल्लाका खेलाडी सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
भोलि हुने बेल्ट टेस्ट प्रतियोगितामा न्यु मोर्डन टेक्वान्डो दोजाङ, ढोरपाटन टेक्वान्डो एक्याडेमी, उत्तरगँगा टेक्वान्डो दोजाङ, निगलपानी टेक्वान्डो दोजाङ, गोल्डेन फ्युचर टेक्वान्डो दोजाङ, ढोरपाटन फ्युचर टेक्वान्डो दोजाङ र सरस्वती आइटिएफ टेक्वान्डो दोजाङका खेलाडीले सहभागिता जनाउने छन् ।

वेल्टटेस्ट प्रतियोगिता विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हुने र सम्मान सहित औपचारीक कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने जिल्ला आइटिएफ टेक्वान्डो सँघका उपाध्यक्ष उत्तमबहादुर महतले बताए ।

कार्यक्रमको उद्घाटन गर्न नेपाल आइटिएफ सँस्थापक सदस्य एवम वर्तमान समिती सल्लाहकार लिलबहादुर थापाको प्रमुख आतिथ्यता एवम स्थानीय पालिकाका जनप्रतिनिधीको विशेष आतिथ्यता रहने बताइएको छ ।

पत्रकार सम्मेलनममा आयोजक समितीका पदाधिकारी सहित आइटिएफ टेक्वान्डो सँघ केन्द्रिय सदस्य घमबहादुर थापा, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply