मनु सुनार गुल्मी २०७६ असार ६ । आज पाचौँ अन्तर्राष्ट्रिय योग दिवश गुल्मीमा पनि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र उपल्लो तम्घासको आयोजना तथा रेसुङ्गा नगरपालिका र पतञ्जली योग समितिको समन्वयमा यो दिवश मनाईएको हो ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले योगलाई जीवनको अभिन्न अङ्गका रुपमा ग्रहण गनुपर्ने बताउदै अहिले मानिसहरु आ–आफ्नै काममा बढी व्यस्त देखिएकोले स्वस्थ र सन्तुलित जीवन यापनका लागि योग उपयुक्त माध्यम भएकोले यौगिक जीवनशैली बनाउनुपर्ने बताए ।
पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले योगको महत्वका बिषयमा चर्चा गर्दैसबै क्षेत्रबाट सहयोग भएको अवस्थामा योगलाई जनस्तरमा पु¥याउन सकिने बताए ।
योग प्रशिक्षक रामलाल पाण्डेयले योग भनेको शरीर मन र आत्माको जोड भएको भन्दै शरीर मन र आत्मालाई जोड्नका लागि आसन प्रणायाम र ध्यानको माध्यम अपनाउनुपर्ने बताए ।
व्यस्त जीवन शैलीका लागि स्वस्थ शरीर हुन आवश्यक भएकाले शरीरलाई स्वस्थ र तन्दुुष्ट राख्न योग नै एक मात्र प्राकृतिक माध्यम भएको बताउँदै पाण्डेले आहार, विहार, विचार र व्यवहारमा सन्तुलित र संयमित हुन आग्रह गरे ।
सो अवशरमा योग प्रशिक्षक रामलाल पाण्डेले सहभागीहरुलाई योगाभ्यास गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं ५ की सदस्य सीतादेवी पौडेल्,पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसाल,सीता पाण्डेय,जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेत, वीरभद्रजङ्ग गुल्मीका गुल्मपति रविन्द्र महर्जन्, जिल्ला आर्युेवेद कार्यालयका नरहरी अर्याल, लगायत योग साधकहरुको उल्लेखीय सहभागीता रहेको थियो ।
कार्यक्रम पछि विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लेकार्ड सहित प्रभातफेरी समेत गरिएको थियो । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।