कोपिला कंडेल, बागलुङ २०७६ असार ६ । स्वस्थ्य जीवनका लागि योग भन्ने नाराका साथ अन्तराष्ट्रिय योग दिवस बागलुङमा पनि मनाईएको छ । अन्तराष्ट्रिय यो दिवस मुल समारोह समिति बागलुङको आयोजना एबं धौलागिरी अंचल आर्युबेद औषधालय बागलुङको संयोजनमा प्रभातफेरी सहित दिवस मनाईएको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गान प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री लगायत जिल्ला स्थित बिभिन्न सघंसंस्थाका प्रमुख सहित सरोकारवालाको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी राधाकृष्ण सेवा समितिको सभाहलमा पुगेर मुल समारोहमा परिणत भएको थियो । मुल समारोहलाई संबोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख ढुङ्गानाले स्वस्थ्य जीवन यापन गर्नका लागि योगलाई दैनिक उपयोगमा ल्याउनुपर्ने बताए । खानपान र अस्वस्थ्यकर जीवनशैलीले मानव स्वास्थ्यमा नकरात्मक असर गर्ने चर्चा गर्दै जिल्ला समन्वय प्रमुख ढुङ्गानाले योगको प्रभावलाई बढाउदै लैजानुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बढदो सहरीकरण संगै अधिकाशं मानिसको स्वास्थ्य अवस्था खस्कदै गएको भन्दै स्वस्थ्य र शान्तिपुर्ण जीवन यापनका लागि योग साधनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । उनले शारीरिक एबं मानसिक स्वास्थ्यका लागि योगलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए ।
सो अवसरमा पतञ्जली योग समिति बागलुङ्गले योगअभ्यास समेत गराएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी क्षेत्रीको अध्यक्षता र धौलागिरी अंचल आर्युबेद औषधालय बागलुङ्गका प्रमुख हरी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।