पूर्णभद्र निउरे ताराखोला २०७६ असार १० । ताराखोला गाँउपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको एक हप्तापछि साेमबार गाउँसभा मार्फत बजेट सार्बजनिक गरेको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ, पर्यटन, खानेपानी, खेलकुद विकासमा मुख्य प्राथमिकता दिएको छ । गाँउपालिकाको समग्र विकास, कृषिमा आत्मनिर्भर, पर्यटन बिकास, र समुन्नत गाँउपालिका कार्यक्रममा समेटिएको छ । आगामी बर्षि २०७७ लाई भ्रमण बर्षको रुपमा घोषणा सगैं सरसफाईको कार्यक्रमलाई प्राथमिकिकरण गरिएको छ ।
यस्तै गाँउपालिकाको सामाजिक आर्थिक बिकास, स्थानिय शासन, स्रोत साधनको खोजी, कार्यालयका कर्मचारीको क्षमता बृद्धि, बिद्युत, कृषिको दिगो बिकास, शिक्षाको गुणस्तर बृद्धि जस्ता कार्यक्रम मा बजेट केन्द्रित छ । ताराखोला गाउँ पलिका को पाचौं गाउँ सभा गाउँपालिका उपाध्यक्ष द्धारा २५ करोड ३५ लाख ३१ हजार ८ सय बराबरको बजेट सार्बजनिक भएको छ ।
जस अन्तर्गत शसर्त अनुदान सहित चालू तर्फ १३ करोड ७० लाख र पुजिगत तर्फ ९ करोड ७२ लाख ३१ हजार ८ सय र चालु प्रसासनिक खर्च ४ करोड ८५ लाख ७० हजार रहेको छ ।
आर्थिक बिकास तर्फ १ करोड ८७ लाख ७९ हजार बजेट बिनियोजन भएको छ । कृषि उत्पादन आधुनिकिकरणमा ५० लाख ७५हजार, पशु तर्फ ५० लाख ५४ हजार, उद्योग क्षेत्रको बिकासका लागी १५ लाख, प्लाष्टिक मुक्त बनाउन बाताबरण मैत्रि झोला उद्योग निर्माण गर्न १० लाख, पर्यटकिय प्रबर्दन तथा भ्रमण बर्ष सफल पार्न लागी ६९ लाख ५० हजार रुपैया, रोजगारि सृजना, शसत्तिकरण सामाजिक परिचालक ५० लाख, सामाजिक क्षेत्र अन्तर्गत ३ करोड ६६ लाख १७ हजार ८ सय बिनियोजन भएको छ भने शिक्षाको बिकासको लागी १ करोड ३० लाख २६ हजार, आधारभुत स्वास्थ सेवाका लागी ४५ लाख ६६ हजार, खानेपानी तथा सरसफाईका लागी ७९ लाख ५० हजार, कला सस्कृति संरक्षणका लागी ८ लाख, युवा तथा खेलकुद क्षेत्रका लागी ७१ लाख,५० हजार, लक्षित बर्ग अन्तर्गत ३७ लाख, २५ हजार, पुर्वाधार बिकासका लागी ३ करोड २६ लाख, ५० हजार,सडक तथा पुल निर्माणको लागी २ करोड २५ लाख, सामुदायीक भवन निर्माणका लागी ६९ लाख, उज्यालो गाँउपालिकाको लागी ३५ लाख, वातावरण संरक्षण, बिपद ब्यवस्थापनका लागी २२ लाख ५० हजार, सस्थागत बिकास सेवा प्रवाहतर्फ ५५ लाख, ६० हजार पुँजिगत सामाग्रीका लागी ७९ लाख ८८ हजार सार्वजनिक गरिएको छ ।
समपुरक कोषमा २ करोड, आन्तरीक आम्दानी ३१ लाख र राजश्व बाडफाडमा ३० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । बजेट सार्बजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले जिल्लाका सबै पालिकाको तुलनामा सबैभन्दा बढि योजना संघ तथा प्रदेशबाट स्वीकृत भएको पालिका ताराखोला भएको बताए । उनले ताराखोलालाई समृद्ध बनाउन आबश्यक योजनाहरु प्रर्यटन प्रर्बधनका बिषयलाई केन्द्रीत गरि योजना सञ्चालन गनुृपर्ने बताए । उनले कुरा भन्दा काम गरेर नतिजा दिने समय प्रारम्भ भएकोले नतिजामुखी योजना बनाउनुपर्ने बताए । कार्यक्रम गाउपालिकाका अध्यक्ष प्रकाश घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।