रामप्रसाद घिमिरे, बागलुङ २०७६ असार १३ । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ- बुर्तिबाङ सडक खण्डको गलकोट नगरपालिका वडा न ३ भैसे र वडा न ७ र ९ को बिचमा पर्ने बाँसखोलामा पहिरो जाँदा गत साँझ ७ बजे देखि यातयात अबरुद्ध भएको छ ।
गल्कोट नगरपालिका ३ मापर्ने बाँसखोलामा लोकमार्ग माथिबाट झरेको शाखा सडकको लेदोले लोकमार्ग सहित खेत पुरिँदा स्थानियले क्षतिपुर्तिको माग गर्दै लोकमार्ग अवरुद्ध गरेका छन् भने नगरपालिका द्वारा सहमतिको प्रयास भईरहेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए। म सहित नगरपालिकाको टिम घटनास्थलमा बिहानै पुगेका थियौँ, पीडितहरु सँग सहमतिको लागि केहिबेरमा मिटिङ बसी अबरोध हटाउने छौं,’ गैरेले ईबागलुङ संग भने ।
घटना स्थल बाँसखोलामा रहेका ट्राफिक जवान प्रकाश गिरीका अनुसार ‘नगरपालिकाको शाखा सडकको लेदोले स्थानियको करिब ८० मुरि धान फल्ने खेत पुर्णरुपमा पुरिएपछि स्थानियले क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गरेका छन् भने भैँसेको पहिरो डोजरद्बारा हटाउनेप्रयास भईरहेको छ ू त्यस्तै गल्कोट नगरपालिका वडा न। ३ भैँसे पनि लोकमार्ग माथिबाट झरेको पहिरोले सडक पुर्णरुपमा पुरियर हिजो साँझबाट ठप्प भएको यातायात बिहानबाट यात्रु स्थानान्तरण गरि सामान्य सुचारु भईरहेको धौलागिरि अञ्चल यातायात जिप ब्यावसायि समितिको हटिया काउन्टरका कर्मचारी वसन्त बोहोराले जानकारी दिए । दैनिक ५०० भन्दा बडि सवारी चल्ने सडक १४ घण्टा देखि अबरुद्ध हुँदा लामो तथा छोटोदुरीमा हिडेका यात्रु समस्यामा परेका छन ।