रामप्रसाद घिमिरे, बागलुङ २०७६ असार १४ । वृक्षारोपण दिवस २०७६ को अवसर पारेर साझा चौतारी युवा उद्यमशिल सहकारी संस्था बागलुङले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले बागलुङ नगरपालिका वडा नम्वर ४ स्थित गौरीधाम शिव मन्दीर परीसरमा विभिन्न १० प्रजातिका विरुवा रोपेको हो ।
हिन्दु धर्म अनुशार मन्दीरमा आवश्यक पर्ने पवित्र वृक्ष मानिने धुपी, वेलपत्र,असोका लगाएत १० प्रजातिका ५० विरुवा रोपिएको छ । विध्यमान समयमा सहकारीहरु वित्तिय क्षेत्रमा मात्र केन्द्रीर रहेको सन्र्दभमा सामाजिक तथा वातावरणी क्षेत्रमा सकारात्मक सन्देश दिने उदेश्यले वृक्षारोपण गरिएको सहकारीका अध्यक्ष मनोज थापाले वताउनु भयो ।
सहकारीका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा गौरीधाम शिव मन्दीर व्यवस्थापन समितिका सचिव भिम वहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका कार्यलय प्रमुख मनिसा जिसीको स्वागत र सहसचिव किरण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिकाले तयार पारेको सहकारी ऐन अनुसार १ नम्वरमा दर्ता भएको सहकारीले हाल बागलुङ नगरपालिका वडा न. २, श्रीनगरटोल बाट ३ सय ६५ दिन नै कारोवार गर्दै आएको छ ।