Sorry, that menu does not exist.
 

अर्पण शान्ति कास्की नेपालव्दारा दाईजो प्रथा बिरुद्ध बृत्तचित्र पर्दशन !

कोपिला कंडेल, बागलुङ २०७६ असार १४ । समाजमा कुरितिको रूपमा रहेको दाइजो प्रथाको बिरूद्धमा तयार गरिएको वृत्तचित्र बागलुङ सदरमुकाममा प्रर्दशन गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमो राधाकृष्ण मन्दिरको सभाहलमा जिल्लाका सरोकारवाला बिच वृत्तचित्र पर्दशन गरेको हो । समाजमा बिद्यमान दाइजो प्रथाले समाजमा पारेको समस्या बारे वृत्तचित्रमा बर्णन गरिएको छ । वृत्तचित्रमा दाइजो प्रथाले महिला माथि हुने घरेलु हिसां साथै तराईक्षेत्रमा कैयौ चेलीको हत्या समेत हुनेगरेको उल्लेख छ ।

कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुबँरले सामाजिक कुरिती कुसंस्कार र दाईजो प्रथाको अन्त्यको लागि वृत्तचित्र महत्वपुर्ण बन्ने बताए । उनले दाईजोका करण महिला माथि हुने घरेलु हिसां लगायत ज्यानै समेत जान सक्ने अवस्थाको अन्त्यको लागि वृत्तचित्रको चौतर्फी पर्दशन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल र अन्तर पार्टी महिला संजाल बागलुङकका टीका कुमारी बिकले दाईजोको निहुँमा महिला माथि हुने हिसांको अन्त्यका लागि वृत्तचित्र महत्वपुर्ण रहेको भन्दै यसलाई साझा अभियानको रुपमा अगाडी बढाउनुपर्ने बताएका थिए ।

अर्पण शान्ति पोखराका अध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षता र सचिव श्याम अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply