Sorry, that menu does not exist.
 

जनता आवास कार्यक्रममा छनौट भएका गल्कोट-९ का ५ जना गरीबहरुको बजेट निकासा नहुँदा उठ्ठिबास !

मित्रलाल खरेल, गल्कोट २०७६ असार १५ । जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणको निम्ति छनौट गरिएका गल्कोट नगरपालिका ९ का ५ जना गरीब बिपन्न परिबारहरुले भवन निर्माणको तेश्रो र चौथो किस्ता रकम नपाउदा बिचल्लीमा परेका छन् ।

भवन निर्माणका लागी रु ३ लाख ३३ हजार ३ सय ३३ बजेट विनियोजन गरिए पछी मख्ख परेका गरीब निमुखाहरु पहिलो र दोश्रो किस्ता रकम बुझेर घर ठडाएपनि बाँकी किस्ता रकम उपलव्ध नहुँदा बस्ने बास र खाने गास दुबै गुमाउनु पर्दा बिचल्लीमा परेका छन् । बेमौसीवर्षा र असारको मध्यवर्षाको कहरमा परेका गरीबहरुका घरहरु भत्किने अवस्थामा रहेको गल्कोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताए । वडाध्यक्ष थापाले अहिले बिहान केहि समय पहिले मात्र निर्माणाधीन अवस्थामा अलपत्र रहेका भवनहरु अनुगमन गरेर आएको बताउदै दुई घर परिवारको बिचल्ली भएको मार्मिक वेदना सुनाए ।

वडाध्यक्षका अनुसार वडा नं ९ का ५ बिपन्न परिवारहरुमध्य तीन परिवारले किस्ता रकम निकासा नभएपनि छरछिमेकमा सरसापट,ऋणधन गरेर भवन छाएपनि जयराम दर्जी र दिलबहादुर बिकले भने भवनको गाह्रो प्लास्टिकले छोपेर वर्षातबाट जोगाउने प्रयास गरिरहेपनि पानी गाह्रोमा पसेर कुनै पनि बेला ढल्ने चिन्ताजनक अवस्था रहेको वडाध्यक्ष थापाले जानकारी दिए । यी दुईजना गरीबहरुले ऋणधन खोज्दा समेत नपाएपछी घरहरु भत्किने अवस्थामा पुगेको वडाध्यक्ष थापाको भनाई छ ।

वडाबाट केहि रकम सहयोग गरेर कर्कट पाताले गाह्रो छोप्न सके घरहरु भत्किने थिएनन कि भन्ने ई बागलुङको जिज्ञासामा वडाध्यक्ष थापाले वडामा त्यस्तो रकम नभएको बताए । यस सम्वन्धमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरतप्रसाद गैरेसंग फोन सम्पर्क गर्दा नगरप्रमुख गैरेले फोन कनेक्शन काटेपछी कुनै कुरा हुन पाएन ।

भवन निर्माणको बाँकी दुई किस्ता रकमपनि निकासा नहुने, अबिरल वर्षाले निर्माणाधीन भवन भत्किए पछी हामी गरीबको उठ्ठिबास हुने भयो भन्ने पिरलोमा छन जयरामहरु ।

तस्वीर- जयराम दर्जीको निर्माणाधीन अलपत्र घर ।

यी लिंकहरुपनि पढौँ

न बन्यो बास, न रह्यो गास : समयमै बजेट निकासा नहुँदा जनता आवास कार्यक्रमका भवनहरु अलपत्र !

वडाध्यक्ष थापाव्दारा घरबास निर्माण कार्यक्रम अन्तरगत निर्माणाधीन घरहरुको निरीक्षण !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply