कौरव खत्री, गल्कोट २०७६ असार १५ । हिँजो असार १४ गते शनिवार गल्कोट नगरपालिका ३ को सहश्रधारा स्थित ८३ मिटर अग्लो झरनामा जोखिमपूर्ण जल साहसिक खेल (क्यानोनिङ) सम्पन्न गरिएको छ । गल्कोटको पर्यटन प्रर्वद्धनका लागि सो झरनामा जल साहसिक खेल (क्यानोनिङ) गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजंग भण्डारीको अग्रसरतामा डेढ वर्ष पहिले सुरु गरिएको थियो ।
हिँजो शनिवार ओझेलमा परेको क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण बढाउन खेल आयोजना गरिएको पर्यटन प्रर्वद्धनका लागि सहश्रधारा क्यानोनिङका अध्यक्ष गगन कुवँरले जानकारी दिए ।
गल्कोट क्षेत्रकै धरोहरको रुपमा रहेको क्यानोनिङलाई व्यापक प्रचार प्रसार गदै यसलाई थप व्यवस्थित गरेर वृद्धि विकास गराउदै नियमित बनाउन र पर्यटन विकास र प्रर्वद्धन गदै आगामी बर्षदेखि यसको व्यवसायिक रुपमै सञ्चालन गर्ने सोच रहेको गल्कोट नगरपालिका ३ वडाअध्यक्ष वीरजङ्ग भण्डारीले बताए । गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचाले पनि गत वर्ष यो साहसिक खेल खेली सकेकी छन् ।
साथै पर्यटन प्रर्वद्धनका लागि सहश्रधारामा आयोजना गरिएको क्यानोनिङ खेलका अवसरमा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट क्षेत्रमा क्यानोनिङ प्रचर संम्भावना रहेकोले यसको वृद्धि विकास पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले सधै सहयोगका लागि तयार रहेको बताए ।
सो अवसरमा सफलतापूर्वक क्यानोनिङ खेल खेन्ने गल्कोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजङ्ग भण्डारी, नेपाल महिला संघ गल्कोट नगरकार्य समितिकी अध्यक्ष मिना श्रेष्ठ लगायतलाई टिका फुलमाला लगाएर सम्मान गरिएको थियो ।
त्यस्तै क्यानोनिङ खेलेर आफ्नो अनुभव सुनाउदै नेपाल महिला संघ गल्कोट नगरपालिकाकी अध्यक्ष श्रेष्ठले, सुरुमा क्यानोनिङ खेल खेल्न निकै डरको अनुभूति भएको तर आफूसँग आँट, साहस र आत्मविश्वास भएकाले सहज रुपमा झरनामा सफलतापूर्वक क्यानोनिङ खेल खेलको बताइन ।
क्यानोनिङ खेल डोरीको सहायताले पानीको छहरामा माथिबाट तल झर्ने खेललाई नै क्यानोनिङ भन्ने गरिन्छ । २०७४ साल फागुन र चैत्र महिना गरि २ पटक क्यानोनिङको सफल परीक्षण गरिसकिएको थियो । पछिल्लो समयमा क्यानोनिङ तर्फ आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको छ ।
यो पनि पढौं
गल्कोट सहश्रधारा झरनामा क्यानोनिङ खेल शुभारम्भ : वडाध्यक्ष भण्डारीले यसरी देखाए साहस !
नगर उपप्रमुख रेनुका काउचाले क्यानोनिङ खेलमा देखाएको साहसले दर्शकहरु चकित !