Sorry, that menu does not exist.
 

जनताको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन प्रतिवद्व रहेको जनप्रतिनिधीको उदघोष ।

बागलुङ, २०७६ असार १७ । काठेखोला गाउॅपालिका गाउॅ कार्यपालिका सदस्य नयनकली खडकाले वडाको स्वास्थ्य क्षेत्रलाई समय सापेक्ष अगाडी बढाउन आफुहरु जिम्मेवार रहेको बताएकी छन । धम्जा स्वास्थ्य चौकी काठेखोला गाउपालिका वडा नं ३ को सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलामा बोल्दै खडकाले यस्तो बताएकी हुन । उनले स्वास्थ्य संस्थालाई गुणस्तरिय र प्रभावकारी बनाउनको निम्ति आम समुदायलाई स्वास्थ्य संस्थामा भएका कमी कमजोरीहरुलाई सुझाव दिन आग्रह गरीन ।

त्यस्तै काठेखोला गाउॅपालिका वडा नं ३ का वडा सदस्य खुम भण्डारीले सामाजिक परिक्षण कार्यक्रमले स्वास्थ्य संस्थालाई पारदर्शी, सुसासन र जवाफदेही बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यसको लागि व्यवस्थापन समिति, समुदाय र स्वास्थ्यकर्मी आफनो कार्य सम्पादनमा जिम्मेबार रहनुपर्ने वडा सदस्य भण्डारीको भनाई रहेको छ ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । अभियानको क्रममा काठेखोला गाउॅपालिका वडा नं ३ धम्जा स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिइन । भौगोलिक विकटता र सहज यातायातको पहुॅच नभएको भन्दै साविकका वडाहरुमा स्ट्रेचरहरु व्यवस्था गरिदिन माग गरेका छन । त्यस्तै स्वास्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै औषधी व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन ।

त्यस्तै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको उपलब्ध औषधीहरु सहजै रुपमा प्राप्त गर्ने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको समुदायको भनाई रहेको छ । त्यस्तै विद्यालयहरुमा प्राथमिक उपचारका सामाग्री र समय समयमा स्वास्थ्य शिक्षा उपलब्ध गराईदिन शिक्षाप्रेमीहरुले माग गरेका छन ।

धम्जा स्वास्थ्य चौकीमा भौतिक रुपमा आन्तरिक तथा बाह्य व्यवस्थापकिय पक्ष राम्रो रहेको भन्दै खुसी व्यक्त गरे । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका उपाध्यक्ष सुन्तली विश्वकर्मा, वडा सदस्य खुम भण्डारी, धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र महतोले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए ।

सो अवसरमा जनता माध्यमिक विद्यालय धम्जाका प्रधानध्यापक कुलदिप क्षेत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सामाजिक परिक्षण कार्यको आम भेलामा धम्जा स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला काठेखोला गाउॅपालिकाका कार्यपालिका सदस्य एवं धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष सुन्तली विश्वकर्माको अध्यक्षता, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी शारदा सापकोटाको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply