यस वर्षको रु ५० हजार राशीको सुगंगा पुरस्कार मानवसेवा आश्रम बागलुङलाई !
कोपिला कंडेल, बागलुङ २०७६ असार १८ । बागलुङका पत्रकार विदुर खड्का परिवारले आफ्नी स्वर्गीय माता सुमित्रा खड्का र पत्नी गंगा खड्को स्मृतिमा स्थापना गरेको सुगंगा पुरस्कारको आठौँ श्रृंखलाको प्रमुख अतिथी एवं जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डितले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे ।
प्रमुख अतिथी न्यायाधीश पण्डितले मानवसेवा आश्रमकी संचालिका सुमिरा लामालाई रु ५० हजार राशीको सुगंगा पुरस्कार प्रदान गर्दै पछिल्लो समय आफ्ना बाबाआमा प्रति सन्तानले दायित्व र जिम्मेवारी बिर्सदै गएको अवस्थामा खड्का परिवारले सम्मान स्वरुप पुरस्कारको स्थापना गरेर उदाहरणीय कार्य गरेको बताए । सुगंगा पुरस्कारले मानव सेवा आश्रममा आश्रित सडक मानवहरुको दैनिकीमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रमुख अतिथी न्यायाधीश पण्डितको भनाई थियो ।
स्वागत मन्तव्यका क्रममा सुगंगा स्मृति कोषका सदस्य एवं धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले संस्थाले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको संस्था तथा व्यक्तिहरुलाई सुगंगा पुरस्कार र सम्मान प्रदान गर्दै आएको जानकारी दिएका थिए ।
पुरस्कार ग्रहण पछी बोल्दै मानव सेवा आश्रमकी संचालिका सुमिरा लामाले आश्रमलाई अगाडी बढाउनका लागि यस पुरस्कारले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै केही समय पछि धौलागिरीलाईनै मानव सडक मुक्त बनाउने आश्रमको उद्देश्य रहेकाले अभियानमा साथ दिन सबै संग आग्रह समेत गरिन् ।
सुगंगा स्मृति कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता सम्पन्न कार्यक्रममा कोषका संस्थापक पत्रकार खडकाले धन्यवाद मन्तव्य दिएका थिए भने कोषका सदस्य सचिव ज्ञानेन्द्र गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।