Sorry, that menu does not exist.
 

पुर्व सभापति स्व.कोईरालाकोे सम्झनामा काँग्रेस बागलुङ द्वारा स्वास्थ्य सामाग्री वितरण !

बागलुङ २०७६ असार १८ । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गिय गिरीजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस बागलुङले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

गलकोट नगरपालिका –२ मा रहेको तोरीखोला सामुदायिक होमस्टेमा आएका पाहुनाहरु र स्थानिय समुदायलाई लक्षित गरी स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व बनमन्त्री शंकर भण्डारीको सहयोगमा ४० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री स्थानिय होमस्टे संचालकलाई हस्तान्तरण गरिएको छ ।
जसमा ३ थान स्टेचर, थर्ममिटर, १ थान तौल मेसिन, र प्राथमिक उपचारका लागि आवश्यक औषधी सहितको किटबक्स रहेका छन ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले स्व.कोईराला नेपाली राजनितिको शिखर पुरुष भएका कारण उहाँको योगदान कसैले भुल्न नहुने बताए ।
थापाले कोईरालाले नेपालको राजनिति परिवर्तन र शान्ति स्थापनाका लागि जिवन भर संघर्ष गरेको कुरा स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरे । उनले काँग्रेस हरेक समुदाय सँग सहकार्य गर्ने उद्देश्यका साथ सामुदायिक हामेस्टेमा स्टेचर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको बताए ।

नेपाली राजनिति इतिहासमा देश र जनताका लागि आफ्नो जीवन समर्पित गर्ने व्यत्तित्व र राजनीतिका धरोहरको रुपमा स्व.कोईरालालाई लिने गरिन्छ ।
सन् १९२४ जुलाई ४ तारिखका दिन भारतको विहार स्थित सहरसा जिल्लाको टेडी भन्ने गाउँमा कोईरालाको जन्म भएको थियो ।

विक्रम संवत् २००४ सालमा नेपाल मजदुर काँग्रेसको स्थापना गरे सँगै विराटनगर स्थित जुटमिलका श्रमिक नेताका रुपमा राजनितिक शुरुवात भएको थियो ।
६ दशक लामो राजनैतिक परिवर्तनको नेतृत्व कर्ताको रुपमा रहनु भएका कोइराला महत्वपूर्ण समयमा पटक पटक देशको प्रधानमन्त्रीको रुपमा नेतृत्व प्रदान गरे ।
दश बर्षे शसस्त्र विद्रोहलाई वार्ताको माध्यमबाट समाधान गरी विस्तृत शान्ति सम्झौताकाको माध्यमबाट शान्ति स्थापना गर्ने नायकको रुपमा स्व. कोइरालाको भुमिका इतिहासमा सदा रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे उपप्रमुख रेणुका काउचा मगर, काँग्रेस बागलुङका आमन्त्रीत जिल्ला सदस्य भवानी प्रसाद कंडेल महाधिवेशन प्रतिनिधि याम श्रीष, वडा नं. २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेल स्व. कोईरालाको नेपाली राजनितिमा गरेको योगदानको बारे चर्चा गरेका थिए ।

कार्यक्रम सामुदायिक होमस्टेका संचालक कुमार घर्ति मगरको अध्यक्षता, मोहन घर्तिका स्वागत र गलकोट नगरपालिका–२ का वडा सदस्य भक्त बहादुर काउचाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply