मनु सुनार, गुल्मी २०७६ असार २४ । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेका दलित समुदायको उत्थानका लागि दलित नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । सधियौँ देखी पछाडि पदै आएको दलित समुदायको उत्थानका लागि दलित विकास कार्यक्रम अन्र्तगत धुर्कोट गाउँपालिकाभित्र रहेका विभिन्न वडाहरुमा प्रत्यक्ष रुपमा सो तालिम प्रदान गरिएको हो ।
यहि असार २१ गते वडा नं ३ हाडहाँडेबाट उद्घाटन गरिएको तालिम सोमबार वडा नं ४ र ५ मा सम्पन्न भएको हो ।तालिमको प्रशिक्षक रोम विश्वकर्मा तथा कृष्ण नेपाली रहेका थिए ।
प्रशिक्षक रोम बिश्वकर्माले अहिले रचनात्मक रुपमा दलित आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताएका थिए । उनले आन्दोलनलाई विकासँग जोडदै शिक्षा,स्वास्थ्य,रोजगार जस्ता क्षेत्रमा दलितहरुलाई अगाडि बढाउनु पर्ने बताए ।
दलित अधिकारकर्मी समेत रहनुभएका विश्वकर्माले भने ‘अहिले आरक्षणमा समेत आँखा लगाईएको छ । दलितका अधिकारलाई एक पछि अर्को गदै कटौति गरिँदै छ ।’ दलित आन्दोलनको संघंर्ष अझै नसकिएको उल्लेख गरे । उनले नेतृत्व क्षमतामा विकास नभएसम्म अधिकार प्रयोग गर्न नसकिने बताएका थिए ।
‘हामीले,शिक्षा,स्वास्थ्य,रोजगार,रहनसहनमा ध्यान दिनुपर्छ ।’ कतिपय आफैलाई कमजोर देखाउने व्यवहारलाई सुधारदैँ लैजानु पर्ने उनको भनाई छ ।
यस्तै अर्का प्रशिक्षक कृष्ण नेपालीले दलितहरुले प्राप्त गरेको हक कसैले दिएको पेवा नभएको बताए । उनले ‘संविधान निर्माण हुँदै थियो, दलितका हक अधिकार कटौति गरेर मस्यौँदा लगिँदै थियो । यसका बिरुद्ध दलितहरुलै टाउको फुटाएर अधिकार प्राप्त गरेको उल्लेख गरे । सहभागीहरुले तालिम अन्यन्तै प्रभावकारी भएको बताएका थिए ।
नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुले तालिमले हौसला प्रदान गरेको बताएका थिए । दलित विकास कार्यक्रम समितिका अध्यक्ष रामु परियारको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेघ बहादुर सुनारले गरेका थिए । भने सहजीकरण चन्द्र सुनार र चन्द्र विकले गरेका थिए ।