Sorry, that menu does not exist.
 

असारे मेलाको तयारी पूरा, मेलाको विधिवत उद्घाटन असार २७ गते प्रदेश सांसद चन्द्र बुढाले गर्ने !

आजै मगर जातिका अविवाहित युवा युवतीहरुले बाटोघाटो सरसफाइ गरे !

पूर्ण भद्र निउरे ताराखोला २०७६ असार २४ । ताराखोलाको प्रख्यात परम्परागत रुपमा मनाउदै आएको असारे मेलाको तयारी पूरा भएको छ । असारे युवा क्लबको आयोजनामा विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउन लागिएको असारे मेलाको सबै तयारी पूरा भएको क्लबका अध्यक्ष प्रकाश रोकाले ईबागलुङलाई जानकारी दिए । मेलाका लागि आबश्यक मञ्च ब्यबस्थापन , प्रचार प्रसार , पत्राचार , साउण्ड सिस्टम तथा अन्य ब्यबस्थापकिय तयारीका काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

भोलि देखि खेलकुद कार्यक्रम अन्तरगत पुरुष भलिबल शुरु भए पनि मेलाको उदघाटन असार २७ गते गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढा मगर ‘सागर’ बाट हुने कार्यक्रम तय भएको क्लबका सचिब कमल घर्तीले जानकारी दिए । उनका अनुसार उदघाटन समारोहमा बिशिस्ट ब्याक्तित्वहरुको समेत सम्बोधन रहने छ । असार ३० गते सम्म चल्ने असारे मेलाको अबसरमा खुला वडा स्तरीय पुरुष भलिबल खुला महिला भलिबल, खुला धनुषबाण र सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार नगद र व्दितिय हुने टिमले ५० हजार, महिला भलिबल र धनुषबाण तर्फ प्रथम हुनेले २५ हजार नगद , व्दितियले १५ हजार नगद सामुहिक नृत्यमा प्रथम हुनेले १० हजार र दित्तिय हुनेले ६ हजार पुरस्कार प्राप्त गर्ने क्लबले जनाएको छ।

मेलाको अबसरमा राष्ट्रिय कलाकार तेजस रेग्मी , लोकदिहोरी गायिका रीतु थापा मगर , खिमा रोका मगर लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकार को साङ्गीतिक प्रस्तुति सङ्गै स्थानीय सस्कृती झल्कने सास्कृतिक झाकी प्रदर्सन गरिने कल्बका कोषाध्यक्ष रबिन घर्तीले बताए । उनका अनुसार मेलालाई थप आकर्षक बनाउन यस पट्क लिङ्गे पिङ सङ्गै बिधुतिय पिङ पनि सन्चालनमा ल्याइने भएको छ ।

परम्परा देखि सस्कृतिको रुपमा बालिनालीको रक्षाका प्रत्यक बर्षको तेस्रो अथवा चौथो सोमबार र मंगलबार ताराखोलाका मगरजातिहरुले वडा न ४ तारागाउँमा बिधिवत रुपमा गरिने असारे पुजा आज सम्पन्न भएको मगर भैलो टोलिका संयोजक झक बहादुर घर्तिले जानकारी दिए । घर्तिका अनुसार आजै मगर जातिका अविवाहित युवा युवतीहरुले बाटोघाटो सरसफाइ गरेका छ्न । अविवाहित तन्नेरीहरुले लिङ्गे पिङ थाप्ने र अविवाहित युवतीहरुले खाजा लिएर जाने प्रचलन पुर्खौ देखि अहिले सम्म कायमै छ ।

पुजा आजा पछि २ दिन सम्म बाली नाली नष्ट नहोस भनेर खेत बारीमा काम गर्न नहुने ९ जसलाइ कनट बस्ने पनि भनिन्छ० हुनाले पुmर्सदको समयमा सबै मिलेर रमाइलो गर्ने गर्दा असारे मेलाको सुरुआत भएको स्थानिय अग्रजहरु बताउछ्न । बिशेष गरि परम्परागत रुपमा जनजातिहरुले मनाउदै आएको असारे मेला पछिल्लो समय ताराखोला कै साझा पर्वको सबै जातजातिहरुले सामुहिक रुपमा मनाउने गरेको स्थानीयहरुको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply