Sorry, that menu does not exist.
 

बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रले सन्चालन गरेका दुई तालीम सम्पन्न !

कमल पौडेल, बडीगाड २०७६ साउन १ । बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा तीन महिने ढाका बुनाई तथा पचास दिने लोकसेवा तयारी कक्षा तालिम सम्पन्न भएका छन् । तालिमको समापनमा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले

ढाका बुनाई तालिमको समापन गर्दै जिल्ला समवन्य समिति बागलुङका उपप्रमुख विष्णु भुसालले ढाका वुनाइलाई व्यवस्थित गर्दै उद्योग स्थापना गर्नुपर्ने बताएका छन भने मुलुकको एजेन्डा उत्पादन भएको तर समृद्धि आधारभुत वर्गमा पुग्न नसकेको भन्दै सबैलाई मुलधारमा ल्याउन लक्षित वर्ग कार्यक्रम संचालन भएको बताए । पर्यटन वर्ष २०१९ लाई सफल बनाउनपनि ढाका उत्पादनले सहयोग पुग्ने उपप्रमुख भुसालको विश्वास छ ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, कार्यपालिका सदस्य केशमाया छन्त्याल, सोमन्ता सलामी, मिना रायमाझि प्रशिक्षक गौमाया रोका, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, बडीगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, सहभागी सुमित्रा भुजेल, सुनिता परियार लगाएतले मन्तन्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य विष्णुमाया अर्यालको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो। बडीगाड गाउँपालिकाको ६ लाख ३६ हजार ८ सय २२ र संस्थाको १ लाख ८१ हजार गरि ८ लाख १० खर्चमा सो कार्यक्रम सम्पन्न भएको हो। तालिमबाट गाउँपालिका भित्रका प्रत्येक वडा वाट एक एक जना गरि ९ जना उद्यमी वन्ने अवस्थामा पुगेका छन्।

यसैगरीे लोकसेवा तयारी कक्षाको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख भुसालले काम गर्नको लागी असम्भव केहि नभएको बताए भने गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले तालिमकै कारण निजामति सेवामा प्रवेश गर्न सघाउपुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रशिक्षक समेत रहेका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले सहभागीलाई थप अध्ययन गर्न आग्रह गर्दै प्रथम पेपरमा नाम निकाल्ने सहभागीलाई थप सहजीकरण गर्ने जानकारी दिए ।

कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन सहभागिको तर्फवाट माया केसी, गीता पोखरेलले मन्तव्य दिएका थिए । कार्यक्रम अध्यक्ष विना थापाको अध्यक्षता, भोला आचार्यको स्वागत मन्तव्य तथा सचिव माया केसीको सञ्चालनमा सम्पन्न भएको थियो। प्रत्येक वडा वाट ५ जनाको दरले ५० जनालाई सो कक्षा संचालन गरिएको हो। सो तालिमको लागी गाउँपालिकाबाट ४ लाख ३९ हजार ४०० खर्च गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply