केशबराज क्षेत्री, बरेङ २०७६ साउन ३ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बागलुङको बरेङ गाउँपालिकाका १७९ जना बरोजगारीले रोजगार पाएका छन् ।
बरेङ गाउँपालिका भित्रमा पाँच वडा मध्ये वडा नम्बर ५ सुखौरामा ३५ जना, वडा नम्बर ४ सल्यानमा ३७ जना, वडा नम्बर ३ बाटाकाचौरमा ४३ जना, वडा नम्बर २ मा हुग्दिशिरमा ३४ जना र वडा नम्बर १ धुल्लुबास्कोटमा ३० जना महिला पुरुषहरु गाउँपालिका भित्रका मोटरबाटो मर्मत, गोरेटो बाटो मर्मत, सिचाइँ कुलो मर्मत, खानेपानी निर्माण जस्ता कार्यहरुमा काम गरिरहेको बरेङ गाउँपालिकाकी रोजगार प्रमुख हिरा थापाले बताइन् ।
सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेष गरी न्यून आर्थिक अवस्था भएकाहरुलाई रोजगार दिने व्यवस्था अनुसार बरेङ गाउँपालिका भित्र पनि विभिन्न योजनामा काम गर्दै आइरहेका र आ।व ०७५÷७६ मा २० दिन काम गरिसकेका र अबको आ।व ०७६÷७७ मा ८० दिन काम गर्ने रोजगार प्रमुख थापाले बताइन् ।
नेपाल सरकारले आगामी दिनहरु पनि गरिब दुःखीहरुलाई लाभ हुने खालका योजना दिएमा आफूहरुले पारिवारिक खर्च व्यवस्थापन गर्न सकिने समेत रोजगार कार्यक्रममा कार्यरत एक स्थानीय महिला बताउँछिन् । काम नपाएर समयको सदुपयोग कसरी गर्ने भनेर बसेकाहरु काम पाउँदा हर्षित भएका छन् ।
One Comment