बागलुङ २०७६ साउन ९ । पोखरा उद्योग बाणिज्य संघ लगायत विभिन्न सस्थाहरुको पहलमा पोखराका होटेलहरुमा बालश्रममा लगाईएका बागलुङ जिल्लाका १५ वर्ष मुनीका तीन जना बालकहरुले होटेलमा काम गरी पकाएको पारिश्रमिक रकम बागलुङ स्थित गण्डकी विकास बैँकमा बाल खाता खोली जम्मा गरिएको छ ।
उद्धार गरिएका बाल श्रमिकहरुमा बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं ७ का १३ वर्षिय बिक्रम नेपाली, ऐ वडा नं ३ का १५ वर्षिय राजु नेपाली तथा ऐ वडानं ३ कै वर्ष १४ का प्रकाश नेपालीलाई केहि समय पहिले नै उनिहरुका अभिभावकहरुलाई जिम्मा लगाईएको थियो ।
जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रजिअ धिरेन्द्र पन्तको संयोजकत्वमा गत साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराकी शाखा अधिकृत बिन्दुकला भण्डारी, पोखरा उद्योग वाणिज्य संघकी सामाजिक परिचालक कोपिला पण्डित समेतको उपस्थितीमाबसेको बैठकले उद्धार गरिएका तीनजना बालकहरुले सम्वन्धित होटेलबाट पाउने पारिश्रमिक रकम मध्य अत्यावश्यक खर्चकाृ लागी केहि रकम छुट्टाएर बाँकी रकम गण्डकी विकास बैँकमा राख्ने निर्णय गरेको हो ।
बालक विक्रम नेपालीले पाउको पारिश्रमिक मध्य रु ८ हजार अत्यावश्यक खर्चका लागी नगद दिएर बाँकी रु ६५ हजार ८ सय ६०, बालक राजु नेपालीले पाउने रु ५३ हजार ६ सय मध्य रु ३ हजार नगद दिएर बाँकी रु ५० हजार ६ सय र अर्का बालक प्रकाश नेपालीले पाउने पारिश्रमिक मध्य अत्यावश्यक खर्चका लागी रु ९ हजार नगद दिएर बाँकी रु ६१ हजार ३ सय रकम बैँक खातामा जम्मा गर्ने निर्णय गरिएको श्रोतले बतायो ।
4 Comments