केशबराज क्षेत्री, बरेङ २०७६ साउन १४ । गण्डकी प्रदेश सांसद कृष्ण थापाले सिग्दी सामुदायिक होमस्टे को अनुमगन गरेका छन् । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा सञ्चालनमा ल्याइएको सिग्दी सामुदायिक होमस्टेको मंगलबार सांसद थापा सहतिको टोलिले अनुगमन गरेको हो ।
ग्रामिण क्षेत्रको विकास, प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुको संरक्षण र प्रवद्धन गर्दै सामाजिक तथा आर्थिक स्तर उन्नती गर्न होमस्टेले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए । उनलृ ग्रामिण क्षेत्रका होमस्टे शहरी कोलाहल र धुलो धुवाँबाट धेरै टाढा रहने, पारिवारिक वातावरणमा अर्गानिक खानाका परिकार खान पाइने हुनाले ग्रामिण क्षेत्रका होमस्टे आनन्ददायी हुने बताए ।
बागलुङको दक्षिणी र गुल्मी जिल्लाको उत्तरी भेगको संगम स्थल बरेङ बजार बाट नजिकै रहेको सिग्दी गाउँ पर्यटन प्रवद्धनका लागि र प्राकृतिक सौन्दर्यका दृष्टिले अत्यन्तै मनमोहक ठाउँका रुपमा लिने गरिन्छ ।
बरेङ गाउँपालिका र गण्डकी प्रदेशको आर्थिक सहयोग सिग्दी गाउँको सञ्चालनमा आएको सिग्दी सामुदायिक होमस्टे बरेङ गाउँपालिकाको आर्थिक विकासको लागि र पर्यटक भित्राउनको लागि महत्वपूर्ण स्थल रहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
कौडे पदमार्ग हुँदै कौडेको धुरी, राजाको दरबार, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत दर्जनौँ हिमश्रृङखलाहरुको मनमोहक दृश्य सँगै सुर्योदय, सुर्यास्त अवलोकन, तामाखानी, रमणीय प्राकृृतिक वातावरणसँगै लालीगुराँस र सेतोगुराँस, स्थानीय लोक संस्कृति, सालैजो, सोरठी मारुनी, नृत्य प्रदर्शनी र स्थानीय अर्गानिक खानका परिकारहरुसँगै न्यानो आतिथ्यता सिग्दी सामुदायिक होमस्टेको विशेषताहरु रहेको होमस्टे सञ्चालन समितिका अध्यक्ष हिरा पुनले बताए ।
4 Attachments
One Comment