केशबराज क्षेत्री, बरेङ, २०७६ साउन १६ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको आयोजनामा तीज विशेष कार्यक्रम “अनलाइन तीज गीत कम्पिटिशन २०७६” बुधबारबाट सुरु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
विगत ४ वर्ष अघिबाट तीजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तीज कम्पिटिशन यस वर्ष पनि सुरुवात भएको रेडियो संयोजक लेखान्त पुनले बताए । उनले प्रतियोगीलाई नडराइकिन प्रतियोगितामा सहभाागि हुनका लागि समेत अनुरोध गरेका छन् ।
यसअघिका वर्षहरुमा बिजेता भएका प्रतियोगीहरु विभिन्न गीत एल्वम् निकाल्न तथा विभिन्न लोक गीतमा स्वर दिनको लागि समेत लाभ प्राप्त गरेको रेडियो कोर्डिनेटर प्रकाश छन्तेलले बताए ।