मित्रलाल खरेल, गल्कोट २०७६ साउन १६ । गल्कोट नगरपालिका ८ काँडेवासमा गोठमाथीबाट खसेको पहिरोले गोठ भत्किदा मृत्यु भएकी सीता गौतमको परिवारलाई नवौँ दिनको पुण्य तिथीका दिन आज उद्योग वाणिज्य संघ गल्कोट ईकाईका तर्फबाट रु १५ हजार सहयोग प्रदान गरिएको ईकाईका बरीष्ठ उपाध्यक्ष ढालिन्द्र प्रसाद गौतमले ईबागलुङलाई जानकारी दिए ।
गत साउन ७ गते बिहान ६.३० बजेको समयमा भैँसी दुही रहेकी १७ वर्षिया सीता गौतमलाई गोठले पुर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
यसैवीच गुल्मी मुसिकोट नगरपालिकामा स्थायी घर भै हाल बेलायतमा रहँदै आएका यमबहादर थापा र उनकी श्रीमती दिलकुमारी थापाले मृतक गौतमका परिवारलाई पठाएको सहयोग रकम रु १३ हजार पनि सोहि अवसरमा हस्तान्तरण गरिएको थियो ।
यी लिंक पनि पढौं:
गल्कोटमा पहिरोले गोठ पुर्दा १७ वर्षिया युवतीको मृत्यु !
पहिरोले पुरिएर मृत्यु हुने युवतीका दाजुलाई रु १ लाख राहत रकम हस्तान्तरण !
One Comment