हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ साउन १६ । प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरहरुलाई निशाना बनाएको छ । बुधबार बन्द घोषणा गरेको नेकपाले मध्यरातमा १९ जिल्लाका एनसेल टावरहरु र १ जिल्लामा नेपाल टेलिकमको टावरमा आगजनी, विस्फोट र तोडफोड गरेको हो ।
यता बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति करिब साढे ८ बजेको समयमा अज्ञात समूहले आजगनी गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
टावरमा जडान गरिएको सबै तारहरु जलेर नष्ट भएकोे छ । टावरमा आगजनी भएपछि पश्चिम बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला भु—भागहरुमा मोवाइल सेवा अवरुद्ध भएकोे छ ।
यसैबिच म्याग्दी जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोट र पर्वत जिल्लाको मोदी गाउपालिका तिलाहारमा रहेका एनसेलका टावरहरुमा क्षेती पुराएको प्रहरीले जनाएको छ ।
यसबाहेक कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही, मोरङ झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्र्वी नवलपरासी, जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गरिएको छ भने अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल टेलिकमको टावरमा पनि अज्ञात समूहले आगजनी गरेको छ । टावरमा क्षति पुगेपछि अहिले ति ठाउँहरुमा एनसेलका प्रयोगकर्ताहरुसँग संचार सम्पर्क टुटेको छ ।
6 Comments